दुई शैक्षिक सत्र सकिन लाग्दा समेत नियुक्त भएन शिक्षक
कमल शर्मा
दैलेख : यहाँको एक विद्यालयमा दुई शैक्षिक सत्र सकिन लाग्दा समेत शिक्षक नियुक्त नहुँदा बालबालीकाको पढाई प्रभावित भएको छ । दैलेखको महावु गाउँपालिका–३ बासीमा रहेको मालिका माध्यामिक विद्यालयमा दुई शैक्षिकसत्र सकिन लाग्दा समेत शिक्षक नियुक्त गर्न नसक्दा बालबालीकाको पढाईमा असर परेको हो । महावु गाउँपालिका –३ मालिका माध्यामिक विद्यालय बासीमा संघिय अनुदान उच्च माध्यामिक तह नेपाली विषयको शिक्षक नियुक्तका लागी २०८० साउन ४ गते सुचना प्रकाशित भयो । सुचना प्रकाशित भए बमोजीम चार जनाको दरखास्त प¥यो । तत्कालीन प्रधानाध्यापक मन बहादुर बुढाले परिक्षाको मिति दुई पटक तोक्नुभयो । परिक्षा हुन सकेन । माध्यामिक तह(राहत)मा कार्यरत शिक्षकलाई प्रधानाध्यापक बनाएको भन्दै विद्यालयका स्थायी शिक्षक निन्म माध्यामिक तहका हरि प्रसाद शर्माले उच्च अदालत सुर्खेतमा मुद्धा हाल्नुभयो । उक्त मुद्धा माथी सुनुवाई गर्दै २०८० पुस ५ गते निमित्त प्रधानाध्यापक भएर काम काज गर्ने दिन भनेर हरि प्रसादका पक्षमा आदेश ग¥यो । उहाँ प्रधानाध्यापक नियूक्त भएपछि गत वर्ष पुस २० गते पुन परिक्षाको मिति तोकियो । विद्यालयका प्रधानाध्यापक नियुक्त हुनुभएका हरि प्रसाद शर्मा घरायसी काम देखाउँदै सुर्खेत आएपछि रोकिएको उक्त परिक्षा संचालन हुन सकेको छैन ।
त्यस्तै विद्यालयमा गाउँपालिकाको अनुदान निन्म माध्यामिक तह अग्रेजी विषयकी शिक्षिका गोमा थापाले गत वर्ष कार्तिक मसान्तमा पारिपारिक कारण देखाउँदै राजीनामा गर्नुभयो । उहाँको राजीनामा स्वीकृत गरियो तर अहिले सम्म शिक्षक नियुक्त प्रक्रिया समेत अगाडी बढाइएको छैन । विद्यालयमा निमावि बिज्ञान शिक्षक मातृका आर्चाय लोक सेवा आयोगमा नाम निकालेर गएपछि उक्त विषयको समेत बिज्ञापन नगरी विद्यालय त्यतिकै बसेको छ । विद्यालय ब्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापक बिचको लडाइएका कारण अहिले सम्म शिक्षक नियुक्त हुन नसक्दा त्यहा अध्ययनरत बालबालीकाले पढन पाएका छैनन । विद्यालयका प्रधानाध्यापकले परीक्षामा राख्ने बिज्ञको विषयमा कुरा नमिलेका कारण शिक्षक नियुक्त हुन नसकेको बताए । उनले विद्यालय ब्यबस्थापन समितिका अध्यक्षले यहि उपलब्ध बिज्ञ राखेर परीक्षा लिने भन्नुभयो मैले क्याप्समा अध्यापन गराउने प्रध्यापक ल्याएर परीक्षा गरौँ भन्ने विषयमा कुरा नमिलेका कारण परीक्षा हुन नसकेको बताए । उनले भने अव तीन वटै विषयका शिक्षक नियुक्तका लागी एकै पटक सुचना प्रकाशित गर्ने र विद्यालय ब्यबस्थापन समितिले नमानेको खण्डमा शिक्षक नियुक्त हुदैन ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चन्द्र दहालले विद्यालयको प्रधानाध्यापक जो नियुक्त भएपनि शिक्षक नियुक्त गर्न आफुले प्रयास गर्दा समेत आफुलाई समस्या पारिएको बताए । उनले शिक्षक नियुक्तका लागी सुचना प्रकाशित गरी दरखास्त समेत पेश भई परीक्षा तोकिदा समेत गाउँपालिकाले हस्तक्षेप गर्दा परीक्षा गर्न नसकिएको बताए । उनले भने पहिला संघिय अनुदानको एक जना शिक्षक नियुक्त गर्दा कहिले विद्यालयका प्रधानाध्यापक भाग्ने र कहिले गाउँपालिकाले हस्तक्षेप गरेर परीक्षा रोक्न लगाउँदा समस्या परेको हो । अहिले बिज्ञान विषय र अग्रेजी विषयको शिक्षकको खाली भएपनि शिक्षक आवश्यकता सम्बन्धि सुचना प्रकाशन गर्न सकिएको छैन ।
महावु गाउँपालिका वडा नः –३ बासीका वडाअध्यक्ष कुमार दहालले विद्यालयमा आफ्नो मान्छे नियुक्त गर्न खोज्दा शिक्षक नियुक्त गर्न नसकिएको बताए । उनले कहिले विद्यालयका प्रधानाध्यापक जिल्ला बाहीर जाने र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जिल्ला बाहीर जाने समस्याले शिक्षक नियुक्त प्रक्रियामा ढिलाइ भएको बताए । स्थानीय सरकार सञ्चालनमा पुगेका जनप्रतिनिधिले सामुदायिक विद्यालयमा आफ्नो दल निकटका मान्छे शिक्षक नियुक्त गर्ने होडबाजीले उक्त विद्यालयमा एक वर्षदेखि निम्नमाध्यमिकतहको अङ्ग्रेजी , बिज्ञान विषय र माध्यमिक तहको नेपाली विषय शिक्षक विहीन रहेको छ । विगत लामो समयदेखि विद्यालयमा राजनीतिक विवादका कारण शिक्षक नियुक्ति हुन नसक्दा विद्यार्थीहरूको पठनपाठनमा प्रभावित हुँदै आएको हो । एक वर्षदेखि विद्यालयमा अङ्ग्रेजी र नेपाली विषयका शिक्षक नहुँदा बालबालिकाले आफ्नो संवैधानिक अधिकार उपभोग गर्न पाएका छैनन् । सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान हुने संविधानमा उल्लेख गरिएको छ । तर, महाबु गाउँपालिका–३ बाँसीमा रहेको मालिका माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकाहरू लामो समयदेखि पढाइबाट वञ्चित भएका हुन् ।
प्रधानाध्यापकलाई विद्यालयको शैक्षिक अवस्थालाई हेरेर काम गर्न अनुरोध गर्दा समेत अटेर गर्ने गरेकाले समस्या झन् बल्झिँदै गएको सोही विद्यालयमा कार्यरत शिक्षक मनबहादुर बुढाले बताए । उनले भने विद्यालयमा वर्षौँदेखि प्रधानाध्यापकको मिलेमतोमा जनप्रतिनिधिले हस्तक्षेप गरेका कारण शिक्षकनियुक्तिमा असहयोग भएकाले एक वर्षदेखि विद्यार्थीले अध्ययन गर्न पाएका छैनन् ।,’ प्रधानाध्यापक हरिप्रसाद शर्माका कारण विद्यार्थीको पढाइमा खेलवाड भइरहेको शिक्षक बुढाको भनाई छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णबहादुर वलीले विद्यालयमा अनावश्यक राजनीति गर्न नहुने बताउँदै शिक्षा नियमावली अनुसार शिक्षक छनोट हुनुपर्ने बताए । उनले आफूले सुरुबाटै शिक्षक छनोटका लागि निरन्तर पहल गरेको तर शिक्षाको पवित्र स्थलमा राजनीतिक हावी गराइ कानुन विपरीतको प्रक्रिया पैदा भएपछि समस्यामा भएको बताए ।