Loading... आजः बिहिबार, माघ १०, २०८१
Trending

दुई वर्ष पछि संचालनमा आयो कोल्ड स्टोर


कमल शर्मा
दैलेख  :  किसानहरुले उत्पादन गरेको फलफुल तथा कृषि उपज बस्तुलाई सुरक्षीत राख्ने उद्देश्ले कृषि विकास कार्यालय दैलेखले दुई बर्ष अघि निर्माण गरेको कोल्ड स्र्टोरको भवन संचालनमा आएको छ । बार्षिक दुई लाख १५ हजार रुपियाँ भाडाँ तिर्ने गरी कृषि सामाग्री केन्द्रको जग्गामा भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयको करिव ६० लाख रुपियाँ लागतमा निर्माण गरिएको काल्ड स्टोर दुई वर्ष पछि संचालनमा आएको छ ।
कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख राजु भुजले कोल्ड स्टोरको भवन दुई वर्ष अघि निर्माण गरेपनि बजेट अभावका कारण उपकरण जडान गर्न नसकेर संचालनमा आउन नसकेको कोल्ड स्टोरमा चालु आर्थिक बर्षमा ७९ रुपिँया खर्च गरी उपकरण जडान गरेपछि कोल्ड स्टोर संचालनमा आएको जानकारी दिए । उनले कोल्डस्टामा एक सय ५० मेट्रिकटन क्षमताको तीन वटा चेम्बर जडान गरेपछि कोल्ड स्टोर सञ्चालमा आएको बताए ।
दैलेख जिल्लामा उत्पादन हुने फलफुुल तथा कृषि उपज बस्तुलाई भण्डारण गरी किसानले उत्पादन गरेको बस्तुको बजारीकरण गर्ने उद्देश्यले उक्त भवन कोल्ड स्टोर संचालन गरिएको कार्यालय प्रमुख भुजले बताए । उनले भने जिल्लामा उत्पादन हुने किवी, जुनार, कागती, स्याउ, तरकारी लगायत फलफूललाई भण्डारण गर्न सकिने भएकाले किसालले अव बिक्रि नभई कुहिने चिन्ता मान्नु पर्दैन।

कार्यालयले कोल्ड स्टोर संचालन गरेकै दिन किसानहरुले आफुले उत्पादन गरेका फलफुल ल्याएर राखेका छन । दुल्लु नगरपालिका–११ कालभैरवका ठाकुर केसीले २३ क्वीन्टल,भैरवी गाउँपालिका राजेश कडेलले दुई क्वीन्टल र नारायण नगरपालिका–६ का तिलक न्यौपानेले किबि राखेको कृषि विकास कार्यालय दैलेखले जानकारी दिएको छ । कोल्ड स्टोरमा सुन्ताला राखेका दुल्लु नगरपालिका–११ कालभैरवका ठाकुर केसीले जिल्लामा पहिलो पटक सुरक्षीत रुपमा सुन्तला राख्न पाइएकोमा खुसी ब्यक्त गरे । उनले आफ्नो बारीमा पाँच सय सुन्तलाका बिरुमा रहेको र तीन सय बोट बाट उत्पादन भएको सुन्ताला एकै पटक बिक्रि गर्न समस्या भएको बेला कोल्ड स्टोरमा राख्न पाइनु किसानका लागी खुसीको कुरा रहेको बताए । सुन्तालको सिजन मुल्य पाउँदैन सिजन गएपछि सुन्तलाले मुल्य पाउने भएको हुँदा कोल्ड स्टोरमा राखिएको सुन्ताला बजारको माग अनुसार बजारमा ल्याउने उनको भनाइछ ।
त्यस्तै कृषि विषय नै अध्ययन गरेर कृषि कर्ममा लाग्नुभएको भैरवी गाउँपालिका ७ का राजेश कँडेलले करिब दुई क्विन्टल किवी भण्डारण गरेका छन । उनले दैलेखका विभिन्न स्थानमा किबि खेती गरिएको र अहिलेको समयमा मुल्य नपाउने र कुहिएर जाने जोखिम बाट बचाउन आफुले कोल्ड स्टोरमा भण्डारण गरि राखेको बताए । उनले भने बजारमा अहिले मुल्य पाइएको छैन केही महिना कोल्ड स्टोरमा सुरक्षीत राखेर बजारको माग अनुसार बजारमा ल्याएर बिक्रि गर्ने योजना बनाएको छु ।
जिल्ला कृषि विकास कार्यालय दैलेखका अज्र्ञ बिज्ञ झलक भण्डारीले कोल्ड स्टोर संचालन तथा त्यसको परीक्षणका लागी पहिलो पटक सुन्तला,किवि राखिएको बताए । उनले भने हामी परिक्षणमै छौँ परीक्षण सफल भएको खण्डमा सबै किसानले उत्पादन गरेको फलफुुल तथा कृषि उपज बस्तुको संकलन गर्ने योजना बनाएका छौँ । कृषि सामाग्रीको जग्गा लाई लिजमा लिएर कोल्ड स्टोर संचालन गरेपनि त्यहाँ बिद्युतको बिल तिर्ने पैसा समेत कार्यालयमा नभएको कृषि विकास कार्यालयले जनाएको छ । अज्र्ञ बिज्ञ भण्डारीले कोल्ड स्टोरमा जडान गरिएको बिद्युतको बिल भुक्तानीका लागी भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयमा बजेट माग गर्ने बताए ।