दैलेखममा पेट्रोलिय अन्बेषण : सकियो ड्रिलिङको काम
कमल शर्मा
दैलेख : दैलेखको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदाद्र्धको अन्बेषण अन्तर्गत ड्रिलिङ गर्ने कार्य सकिएको छ । गत बैशाख २८ गते बाट सुरु गरिएको ड्रिलिङको काम बुधवार सकिएको खानी तथा भुगर्भ बिभागले जानकारी दिएको छ । खानी तथा भुगर्भ विभागका भूर्गर्भबिद प्रकाश लुइटेलले चार हजार दुई मिटर गहिराई सम्म ड्रिलिङ भए संगै ड्रिलिङको काम सकिएको जानकारी दिए । उनले बैशाख महिना देखी सुरु गरिएको ड्रिलिङ कार्यको काम सम्पन्न भएको बताए । असोज मसान्त सम्म सम्पन्न गर्ने परियोजनाको लक्ष्य भएपछि कडा चट्टानका कारण पौष महिना सम्म लम्बिएको लुइटेलको भनाइछ ।
२७ सय मिटर ड्रिलिङ भएपछि प्रत्येक २÷२ मिटर गहिराइबाट निस्किएका ढुंगा र माटो परीक्षण बिज्ञहरुले गरिरहेको त्यस बाट प्राप्त भएको विवरणलाई संकलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी ३ वटा थप अध्ययन हुनेछ,’ उहाँले भन्नुभयो पेट्रोलियम पदार्थ ( प्राकृतिक ग्याँस) हुनका लागि तय गरेका आवश्यक मापदण्ड अन्तर्गतका संकेतहरु सफलतापूर्वक प्राप्त भइरहेको छ । चिनियाँ टोलीले हरेक दुई मिटर बाट संकलन गरेको नमुनाको बिशिष्ट अध्ययन गर्न चीनमै लिनु पर्ने भएकाले अन्तीम नतिजा आउने समय लाग्ने बिभागले जानकारी दिएको छ । अन्तीम नतिजा प्राप्त भएपछि त्यसको भण्डार क्षमता पत्ता लागेको खण्डमा आर्थिक बिश्लेषण गरेर उत्पादनका लागी प्रक्रिया अगाडी बढाइने बताइएको छ ।
ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । दैलेखको शिरस्थान नाभिस्थान पादुका स्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रअरी २८ मा सम्झौता भएको थियो । सुरुवातमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको भए पनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेको थिएन । पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागी रिग हावस निर्माण गरी ड्रिलिङ काम सुरु भएको थियो । ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ भूगर्भविद लुइटेले भने खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडी बढ्नेछन् ।
चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठूलो संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो ।