Loading... आजः बिहिबार, माघ १०, २०८१
Trending

जोखीमपूर्ण यात्रा गर्न बाध्य विद्यार्थी र स्थानीय

..


कमल शर्मा
दैलेख :  सात महिना अघि पुलको लडा चुडिएर खच्चड फसेको कर्णाली नदिको झोलुङ्गे पुल अझै मर्मत हुन सकेको छनै । पुल मर्मत नहुँदा स्थानीय जोखिमपुर्ण अबस्थाको जीर्ण पुल बाट ओहोर दोहोर गर्न बाध्य भएका छन । अछामको पञ्चदेवल विनायक नगरपालिका–९ र दैलेखको आठबिस नगरपालिका–४ खिड्कीजीउला जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलमा २७ जेठ २०८१ मा १४ वटा खच्चड पुलको लडा चुडिएर फसेका थिए । पुलमा फसेका १४ वटा खच्चडको ६ घण्टा पछि स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । एकको पुलमै र अर्को एकको नदीमा खस्दा ज्यान गएको थियो ।
सो झोलुङ्गे पुलमा खच्चड फसेको खबर संसारभरी पुग्दा सरोकारवालाहरुले तत्काल उक्त पुल मर्मत गर्ने वाचा गरेको भएपनि अहिले सम्म कुनै पनि निकायले पुल मर्मतको काम नगर्दा जोखीमपूर्ण रुपमा स्थानीय नागरिकले यात्रा गर्न बाध्य भएको आठबिस नगरपालिका–४ का भरत साउदले जानकारी दिए । उनले झण्डै दुई दशकअघि बनेको सो पुलको नियमित मर्मत नहुँदा जीर्ण बनेको अबस्थामा १४ खच्चड हिडाउँदा पुलका लडा चुडेको र अहिले सम्म पनि त्यसको मर्मत हुन नसकेको बताए ।
खच्चड फसेर झनै जीर्ण भएको सो झोलुङ्गे पुलको हालसम्म पनि मर्मत गर्न कसैको ध्यान नगएको खिड्कीजीउलाका गणेश शाहीले बताए । उनले सम्बन्धित निकाय तत्काल पुल मर्मत गर्नुपर्छ वा आवतजावत बन्द गर्नुपर्ने बताए । अक्षाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–९ बाट ५० जना बालबालिका दैलेखको आठबिस नगरपालिका–४ मा रहेको न्यु भेरी कर्णाली मोडल स्कुलमा पढ्न आउने र दैलेखको आठबिस नगरपालिका–४ बाट अक्षामको पञ्चदेवल बिनायक नगरपालिका –९ मा रहेको चण्डीका माध्यामिक विद्यालयमा अध्ययन गर्न एक सय १५ जना बालबालिका आवतजावत गर्ने पुल जीर्ण हुँदा बालबालिकाको पढाईमा समेत समस्या भएको भरत साउदले बताए । उनले भने जीर्ण भएको पुल नजिकै अर्को पुल भएका कारण आवतजावतमा समस्या नभएपनि छोटो दुरी भएकै कारण जीर्ण पुल बाट आवतजावत हुने गरेको छ ।
आठबिस नगरपालिका –४ का अम्मर माझीले खिड्कीजीउला नजिकै अर्को झोलुङ्गे पुल भएपनि त्यसको नजिकै नैनेल देवताको मन्दिर रहेकोले सुत्केरी तथा छाउ (महिनावारी) भएकाहरु पनि त्यहाँबाट आवतजावत गर्न समस्या भएको बताए । उनले भने महिनावारी भएकाहरुले जोखिमपुर्ण पुल तर्नु पर्ने बाध्यता रहेको छ । तत्कालीन भौतिक पूर्वधारमन्त्री रघुबिर महासेठलाई ज्ञापन पत्र बुझाएको भएपनि सरकार परिवर्तन संगै उक्त ज्ञापनपत्र कार्यान्वयन हुन नसकेको उनको भनाइछ ।
स्थानीय भरत साउदले भने अक्षाम जिल्ला बाट आफ्नो विद्यालयमा अध्यापन गराउने शिक्षिका समेत त्यही देवताको डरले आउन समस्या हुने भएपछि विद्यालयनै छोडेको बताए । उनले विद्यालय आउनेजाने छात्राहरुले पनि महिनावारी हुँदा यही जीर्ण पुल प्रयोग गरेर विद्यालय जानुपर्ने बाध्यता रहेको बताए । उनले भने सुत्केरी तथा छाउ भएका त तलबाट जाँदैन थिए, अरुलाई पनि टाढा भएकाले धेरैले यही जीर्ण पुल प्रयोग गर्छन ।
अक्षाम पञ्चदेवल बिनायक नगरपालिका –९ का वडाअध्यक्ष रामप्रसाद जैसीले पुल निर्माणका लागी विभिन्न निकायमा समन्वय गरेको भएपनि अहिले सम्म पुल निर्माण हुन नसकेको बताए । उनले नगरपालिकामा पुल निर्माण गर्ने जनशक्ति नभएका कारण नयाँ पुल निर्माणका लागी डिपिआर तयारका लागी नगरपालिकाले स्वीकृत प्रदान गरिएको र डिपिआर पछि पुल बन्ने बताए । उनले दैलेख बाट अक्षाम पढ्न जाने विद्यार्थी कक्षा नौ र दशका त्यही जीर्ण पुल बाट यात्रा गरेको र अन्य सानो कक्षाका विद्यार्थी अर्को पुल बाट आवतजावत गर्ने गरेको बताए । दैलेख जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले खच्चड फसेर जीर्ण भएको पुल निर्माणका लागी सम्बन्धित सरोकारवाला निकाय संग समन्वय गरेपनि त्यसको कार्यान्वयन नभएको गुनासो सथानीय गरेको बताए । उनले पुन सरोकारवा निकायलाई बोलाएर पुल निर्माणका लागी पहल गर्ने उनको भनाइछ ।