Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

वडा अध्यक्ष पदमा चार शाही प्रतिष्पर्धामा


दैलेख  :  यहि मंङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा यहाँको दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदमा चार जना शाहीले प्रतिष्पर्धा गर्ने भएका छन । नेकपा एमाले बाट लाल बहादुर शाही,नेपाली काँग्रेस बाट रेशम बहादुर शाही ,नकेपा माओबादी केन्द्र बाट ढकेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी बाट राम बहादुर शाही गरी चार जना शाही चुनावी प्रतिष्पर्धामा उत्रिएका छन ।

दुल्लु नगरपालिका– १३ मा शाही जातीको जनसंख्या बढि भएका कारण प्रत्येक पार्टीले शाहीलाई उम्मेदवार बनाउने गरेका छन । स्थानीय तहको निर्वाचन २०७४ मा नेकपा एमालेले सुर्य बहादुर शाही, नेपाली काँग्रेसले राम बहादुर शाही,नकेपा माओबादी केन्द्रले डम्बर बहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्य बहादुर शाहीलाई उम्मेदवार बनाएको थियो । उक्त निर्वाचनमा नेकपा एमालेका सुर्य बहादुर शाहीले पाँच सय ८५ मत प्राप्त गरी बिजयी हुँदा उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका राम बहादुर शाहीले चार सय ७१ मत प्राप्त गरेका थिए ।

स्थानीय तहको निर्वाचन २०७९ मा मा नेकपा एमालेले बिर्ख बहादुर शाही र नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रको सयुक्त गठबन्धन बाट नेकपा माओबादी केन्द्रका डम्बर बहादुर शाही उम्मेदवार बनेका थिए । नेकपा एमालेका बिर्ख बहादुर शाहीले आठ सय २२ मत प्राप्त गरी बिजयी हुँदा गठबन्धन बाट उम्मेदवार बन्नुभएका डम्बर बहादुर शाहीले सात सय ७३ मत प्राप्त गरेका थिए । दैलेखमा खास गरी नेकपा एमाले र नेपाली काँग्रेस बिच नै प्रतिष्पर्धा हुने गरेको छ । नेकपा एमालेले दुई चरणकै स्थानीय तहको निर्वाचनमा बिजयी प्राप्त गरी तेस्रो पटक बिजयी भएर ह्याट्रिक हान्ने तयारी गरेपनि त्यसलाई रोकी इतिहाँस कायम गर्ने प्रयासमा नेपाली काँग्रेस लागी परेको छ । नेकपा एमालले निर्वाचित वडा अध्यक्ष स्वगिर्य बिर्ख बहादुर शाहीको परिवारमा टिकट नदिएको र त्यसको असन्तुष्टि लिएर वडाध्यक्षमा नेपाली काँग्रेसलाई बिजयी बनाउने तयारीका साथ लागेको नेपाली काँग्रेसका नेता किरण भण्डारीले बताए । उनले यस पटक दुल्लु नगरपालिका–१३ मा रुख चुनाव चिन्हले चुनाव जित्ने धैरै आधार रहेको बताए ।
नेकपा एमालेका नेता एवम कर्णाली प्रदेश सभा सदस्य सुशिल थापाले एमालले आफ्नो बिरासत जोगाउँनका लागी पनि यो निर्वाचन जित्नै पर्ने दवाव पार्टी कार्यकर्तामा भएको बताए । उनले एमालले उम्मेदवार बनाउँदा स्थानीय कमिटिले सिफारिस गरे अनुसार उम्मेदवार टुंग्याएको हुँदा एमालेका उम्मेदवार लाल बहादुर शाहीले जित्ने दावी गरे । नेकपा एमाले र नेपाली काँग्रेस संगै नेकपा माओबादी केन्द्रका उम्मेदवार समेत आफुले निर्वाचन जित्ने दावी गरिरहेको छन । नेकपा माओबादी केन्द्रका उम्मेदवारले २०७४ सालको स्थानीय तहको निर्वाचनमा तीन सय ७८ मत प्राप्त गरेका थिए । २०७९ को स्थानीय तहको निर्वाचनमा काँग्रेस र माओबादी केन्द्रको गठबन्धन भएपनि नेपाली काँग्रेसले इमान्दारी पूर्वक मत नहालेका कारण आफ्नो पार्टीको पराजय ब्यहोर्नु परेको भन्दै यस पटक जनताले माओबादीकेन्द्रलाई मतदान गर्ने वडाध्यक्षका उम्मेदवार ढकेन्द्र बहादुर शाहीले बताए ।
नेपाली काँग्रेस र नेकपा एमाले लगायतका दलहरुमा देखिएका बिमतिहरुलाई आफुले समातेर निर्वाचन जित्ने दाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी बाट वडाध्यक्ष पदका उम्मेदवार राम बहादुर शाहीले आफुहरुले यस पटक दुल्लु नगरपालिकामा रास्वपाको बिउ रोप्ने बताए । उनले भने जनताले भन्न सकेका छैनन तर मत दिन्छन । दुल्लु १३ को वडाध्यक्षका लागी राप्रपाका रेशम कुमार मल्ल र नेपाल मजदुर किसान पार्टी बाट पुर्ण प्रसाद उपाध्याय समेत चुनावी प्रतिष्पर्धामा छन ।