बिरासत जोगाउने र फर्काउने कसरतमा काँग्रेस ,एमाले
दैलेख : मंङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महावु गाउँपालिकाको अध्यक्ष पदका लागी नेपाली काँग्रेस र नेकपा एमालेले प्रतिष्ठाको बिषय बनाएर निर्वाचनमा होमिएका छन । नेकपा एमालेले जंग बहादुर शाहीलाई र नेपाली काँग्रेसले युवा नेता झलक भण्डारीलाई उम्मेदवार बनाएर निर्वाचनमा होमिएको छ । सत्ता साझेदार दल भएका कारण नेपाली काँग्रेस र एमालेले कुनै पनि आलोचना नगरी निर्वाचनमा होमिएर आफ्नो बिरासत जोगाउने र फर्काउने होडबाजीमा दुबै दलका नेता कार्यकर्ता लागेका छन ।
नेपाली काँग्रेसका नेता झलक भण्डारी जनताका बिचमा लोकप्रिय नेता हुन । २०७९ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षको आंकाक्षी भएपनि पार्टीले पुराना नेता लछुमुन गुरुङलाई टिकट दिएपछि जिताउन महत्वपूर्ण भुमिका खेलेको जनताका बिचमा लोकप्रिय भएकै कारण आफ्नो बिरासत जोगाउन भण्डारीलाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस बाट उम्मेदवार भई गाउँपालिका अध्यक्षमा बिजयी भएका लछुमुन गुरुङको सपना पुरा गर्न पनि जनताले नेपाली काँग्रेसलाई मतदान गर्ने बिश्लेषण गरी नेपाली काँग्रेसका उम्मेदवार बिजयी गराई बिरासत जोगाउने आशमा काँग्रेसका नेताहरु रहेका छन ।
नेकपा एमालेले आफ्नो बिरासत जोगाउँनका लागी महावु गाउँपालिका जनता बचिमा लोकप्रिय भई २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले बाट गाउँपालिका अध्यक्षमा बिजयी भएका जंग बहादुर शाहीलाई एकिकृत समाजबादी पार्टी एमालेमा ल्याएर अध्यक्षमा उम्मेदवार बनाएको छ । नेकपा एमालेले पुरानै बिरासत जोगाउँन नेकपा एमालेका केन्द्रिय सदस्य,प्रदेश जिल्ला र गाउँ कमिटिका नेताहरुको जिम्मेवारी तोकेर बस्तीस्तरमा खटाएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा पराजीत भएका हरि प्रसाद उपाध्यायलाई नै उम्मेदवार बनाउनु माग स्थानीय कार्यकर्ताले राखेपनि हरि प्रसाद उपाध्यायकै प्रस्तावमा उम्मेदारी दर्ता गरेपछि एमाले भित्रको असन्तुष्टि समेत कम भएपछि एमालेको बिरासत फर्कने आशमा पार्टीका स्थानीय कार्यकर्ता समेत खुसी बनेका छन ।
नेकपा एमाले र नेपाली काँग्रेसमा टिकट बितरणमा आएका असन्तुष्टिलाई समातेर नेकपा माओबादी केन्द्र समेत आफ्नो उम्मेदवार बिजयी हुने बताइरहेको छन । स्थानीय तहको निर्वाचन २०७४ मा नेकपा माओबादी केन्द्रले अध्यक्षमा उम्मेदवार भई पराजीत हुनुभएका जंग बहादुर बराललाई नै उम्मेदवार बनाएको छ ।
महावु गाउँपालिकामा नेपाली काँग्रेस र एमालेका बिचमा नै मुख्य प्रतिपर्धा हुने गरेको छ । स्थानीय तहको निर्वाचन २०७४ मा नेकपा एमालेले ३५ सय २२ मत पाएर बिजयी हुँदा नेपाली काँग्रेसले २९ सय मत्र प्राप्त गरेको थियो । स्थानीय तहको निर्वाचन २०७९ मा नेपाली काँग्रेसले २९ सय ७९ मत प्राप्त गरी बिजयी हुँदा नेकपा एमालेका हरि प्रसाद उपाध्यायले २५ सय १९ मत प्राप्त गरेका थिए । नेकपा एमाले बिभाजन भई बनेको नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी पार्टी बाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका जंगबहादुर शाहीले २२ सय ६६ मत प्राप्त गरेका थिए । उनी नेकपा माआबोदी केन्द्रको सहकार्यमा निर्वाचन लड्ेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओबादी केन्द्र बाट अध्यक्षको उम्मेदवार बन्नुभएका जंगबहादुर बराल मगरले सात सय मत प्राप्त गरेका थिए ।