Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

नागरिक सर्वोच्चताले लोकतन्त्र बलियो हुन्छ:  प्रधानमन्त्री ओली

फाइल तस्बिर

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक सर्वोच्चता भए मात्र लोकतान्त्रिक व्यवस्था बलियो हुने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर कन्क्लेभ–२०२४ को दोस्रो दिन बिहीबार प्रधानमन्त्रीसँग परिसंवाद सत्रमा बोल्दै उनले कांग्रेस एमाले मिलेर सरकार बनेकाले लोकतान्त्रिक गणतन्त्र सुरक्षित रहने जनाए । ‘नागरिक सर्वोच्चता नभइ गर्न लोकतान्त्रिक व्यवस्था बलियो हुँदैन,’ उनले भने, व्यक्ति र संस्थाको मातहत जनता रहन सक्दैन । चुनिएको प्रतिनिधिबाट मात्रै शासन व्यवस्था हुन्छ ।’

देश कुनैपनि हिसाबले पछाडि नफर्कने प्रधानमन्त्री ओलीले प्रष्टयाए । २४० वर्षको राजतन्त्र अन्त्य गरेर यो व्यवस्था ल्याएका छौं । पूर्व राजा मठमन्दिरको नाममा राजनीतिक गर्दै हिँडने छुट पाएका छन्,’ उनले भने । लोकतान्त्रिक व्यवस्थाले नै यो अवसर दिएको उनले सुनाए । देश व्याक गियर लागेर पछाडि फर्कँदैन । हामीले गरेको विकास निर्माण हामी किन देख्दैनौं उनले प्रश्न गरे ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई अधिकार मात्र भन्दा पनि उत्साहले काम गर्न आग्रह गरे । काम अधिकारले गर्ने होइन । उत्साहले काम गर्ने हो,उनले भने । संघीय सरकारले बनाउने प्रदेश कानुनहरु अब आउने संसद् अधिवेशनबाट बन्ने समेत उनले जनाए । संविधान माथि विभिन्न प्रश्न उठेकै कारण संविधान संशोधनको प्रक्रिया अघि बढाएको उनले जनाए । संविधान संशोधन १० वर्षपछि मात्रै संशोधन हुन्छ । अहिले तयारी मात्र गरेको हो,’उनले भने, ‘संशोधनको विषयमा छलफल होस भनेर विषय प्रवेश गराएको हो । साभार कान्तीपुर