Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

पाँच वर्षमा एकतिसको मृत्यु , दुई सय चालिस घाइते

..

कमल शर्मा
दैलेख  :   असोज १ गते महावु गाउँपालिका–३ बासीका १६ वर्षिय किशोर दहाले जितको मेला हेर्न गएको बेला चट्याङ लागेर घाइते भए । । घाइते दहाललाई उपचारका लागी जिल्ला अस्पताल दैलेखमा पु¥याइयो । अस्पतालले उपचार गर्न नपाउँदै मृतक घोषणा ग¥यो । उक्त चट्याङमा परी महावु गाउँपालिका–३ का ५५ को लाल बहादुर बिष्ट, वर्ष ३२ को नगेन्द्र बहादुर बिष्ट, १२ वर्षिय आसिस बिष्ट,वर्ष १३ को सन्दिप बुढा, वर्ष १७ को भरत नेपाली ,वर्ष १६ को हर्क नेपाली,वर्ष नौ को रक्षा बिष्ट, वर्ष १३ को अभिषेक नेपाली,वर्ष १० को मनिषा बिष्ट घाइते हुनुभएको थियो । तीजको मेला हेर्न गएका उनीहरु घर फर्केने बेला एक्लो सल्लामा चट्याङ परेको थियो ।

त्यस्तै गत चैत्र २२ गते शनिवार दिउसो आएको हावाहुरी र असिना–पानीसँगै परेको चट्याङ लागेर दैलेखकी एक बालिकाको मृत्यु भयो बाख्रा चराउन जंगल गएका बेला एक्कासि परेको चट्याङ लागेर भैरवी गाउँपालिका–६ तोरीमूलकी १३ वर्षीया शर्मिला कँडेल अचेत भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उहाँलाई उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन । दैलेखमा आर्थिक वर्ष २०७७÷०७८ देखी हाल सम्म सात जनाको मृत्यु एक सय जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

हरेक बर्ष चट्याङका कारण कर्णाली प्रदेशमा दर्जनौ मानिसको मृत्यु हुने गरेको तथ्याङकले देखाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईका अनुसार आर्थिक बर्ष २०७५/०७६मा ३१ पटक चट्याङ परेको चार जनाको मृत्यु , १७ जना घाइते र भौतिक क्षती ३९ वटा ,आर्थिक बर्ष २०७६/०७७ मा ४९ पटक चट्याङ पर्दा पाँच जनाको मृत्यु ४४ जना घाइते र भौतिक क्षती ४९ वटा, आर्थिक बर्ष २०७७/०७८ मा २७ पटक चट्याङ पर्दा सात जनाको मृत्यु, २४ घाइते र भौतिक क्षती १९ वटा, आर्थिक वर्ष २०७८/०७९मा चट्याङका ४४ घटनामा परी छ जनाको मृत्यु ३३ जना घाइते,भौतिक क्षती २७ वटा भएका छन ।

 

त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा ४४ पटक चट्याङ परेकोमा तीन जनाको मृत्यु ६२ जना घाइते,लभौतिक क्षती १४ वटा,आर्थिक बर्ष २०८०/०८१ मा ३९ पटक चट्याङ पर्दा छ जनाको मृत्यु, ६० जना घाइते र ७ वटा भौतिक क्षती भएको प्रदेह प्रहरी प्रमुख भट्टराईले जानकारी दिए । उनले छ आर्थिक बर्षमा दुई सय ३४ पटक चट्याङ पर्दा चट््याङमा परी जम्मा ३१ जनाको मृत्यु ,दुई सय ४० जना घाइते १५५ वटा भौतिक क्षती र ३९ करोड ४२ लाख तीन हजार ३७० रुपियाँ बराबरको जनधनको क्षती भएको छ ।

 

नेपाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी सह सचिव अर्जुन बमले चैतदेखि सुरु हुने प्री–मनसुनको आएको परिवर्तनका कारण नेपामला हावाहुरी तथा चट्याङको उच्च जोखिम हुने जानकारी दिए । प्रायः प्री–मनसुनको अवधिमा हावाहुरी चट्याङ प्रायः दिउँसो २ बजेपछि दुई–तीन घण्टाको अवधिमा पर्ने रेर्कडमा रहेको उनको भनाइछ ।