Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

पेट्रोल निक्लियोस, ज्वाला ननिभोस

..


कमल शर्मा
दैलेख :  खोलामा र खोला छेउछाँउमा बर्षोदेखी निरन्तर फुरुरु आगोको ज्वाला बलिरहन्थ्यो । पञ्चकोशि क्षेत्रमा बल्ने त्यही आगोलाई स्थानीयले भगवानको लीला नै सम्झीए । लामो समय देखी त्यही आगोलाई भगवानको आस्था मानेर पुँजा गर्दै आएका थिए । कतिपयले पाँचथान पञ्चकोशि गरेको खण्डमा पञ्चकोशिको शक्तिले इच्छा पुरा गर्ने भन्ने पनि मान्यता राख्छन र देशका विभिन्न स्थान बाट अवलोकन र पुजाँ गर्न आउँछन । निरन्तर बलिरहनुको बैज्ञानिक कारण जमिन मुनी पेट्रोलियम पदार्थ हुन सक्ने भन्दै खोजीका लागी ड्रिलिङ कार्य चलिरहँदा त्यहाका स्थानीय नागरिक भने त्यही ड्रिलिङ तिर हेर्दै पञ्चकोशि संग प्रथाना गर्दै भन्छन । पेट्रोल निस्कीयोस ज्वाला ननिभोस ।

भैरवी गाउँपालिकाका स्थानीय पण्डित तिलक प्रसाद रिजालले पेट्रोलिय पद्धार्थ अन्बेषण गर्ने कार्य मुलक र दैलेखका लागी हितकर भएपनि ज्वाला लाई बचाइ राख्न चाइनाको प्राविधिक टोली र हाम्रो स्थानीय सरकारका जनप्रतिनिधि लाग्नुपर्ने बताए । उनले पञ्चकोशि क्षेत्रमा करिव १८७३ साल देखी धार्मिक तथा पुरातात्वीक हिसावले महत्वपुर्ण रहेको ज्वाला पञ्चकोशि धार्मिक एवम पर्यटकिय क्षेत्र हो । त्यसलाई बचाइ राख्न सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।

उनी जस्तै २०४२ साल देखि शिरिस्थान मन्दिरका महन्थ गोर्कणनाथ योगीले चाइनाको प्राविधिक टोलीले शिरिस्थान, नाभिस्थान ,पादुका, तल्लोडुगेश्वर क्षेत्रलाई आधार मानेर पेट्रोलियम पद्धार्थको अन्बेषणका काम भइरहेको भएपनि शिरिस्थान र नाभिस्थान मन्दिरमा निरन्तर बलिरहेको ज्वालालाई बचाइराख्न आफुहरुले प्रथाना गरिरहेको बताए । उनले भने आम्रो आस्थाको केन्द्र ज्वाला जी लाई केही नहोस,पेट्रोल निस्कीयोस ।

नाभिस्थान मन्दिर ब्यस्थापन समितिका अध्यक्ष नबिन योगीले सदियौ देखी मान्दै आएको धार्मिक,सास्कृतिक साम्प्रदायिक,सामाजिक आस्था कायम राखेर अन्बेषणका काम गरिनु पर्ने बताए । उनले अहिले स्थानीय मन्दिरका गुठियार, महन्थहरुले ज्वाला ननिभोस भनेर प्रथाना गरिरहेका छन । दैलेखका पञ्चकाशि क्षेत्रमा निरन्तर बलिरहेको ज्वालामा ग्याँस वा पेट्रोल हुन सक्ने भन्दै भनि खानी तथा भूगर्भ विभागले पादुकामा बगेको लेदो लगेर खानी तथा भुगर्भ विभागमा राखेको तीन दशक पछि पेट्रोलिमय पदार्थको अन्बेषणको काम सुरु गरिएको छ । दैलेखमा रहेको पेट्रोलियमपदार्थ अन्वेषण गर्न २०७२ चैतमा चीन र नेपाल बीच प्रधानमन्त्रीस्तरीय द्विपक्षीय समझदारी भएको थियो । २०७६ फागुनमा विभाग र चिनियाँजियोजिकल सर्भे कम्पनीबीचअन्वेषण र उत्खननगर्न २ अर्ब ४० करोडको आर्थिक तथाप्राविधिक सम्झौताभएको थियो ।
त्यही सम्झौता अनुसार अन्वेषणका पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो । खानी तथा भुगर्भ विभागले दिएको जानकारी अनुसार अहिले गरिएको अन्बेषणात्मक (वेल) ड्रिलिङ बाट पेट्रोलियम भण्डार भएको पुष्टि भएमा सो भण्डारको आर्थिक विश्लेषण अन्तर्गत भण्डारको आकार ,प्रकार आयतन,व्यापारिक रूपमा उत्पादन गर्न सकिने पेट्रोलियमको मात्रा आदिको विश्लेषण गरी प्रमाणित भण्डार ब्यपारिक प्रयोजनको लागि उपयुक्त छ वा छैन भन्ने पत्ता लाग्ने छ ।
खानी तथा भुर्गभ विभागका जिओलोजीष्ट प्रकाश लुइटेलले पेट्रोलियम पदाद्र्धको अन्बेषण अन्तर्गत ड्रिलिङको काम ६० प्रतिशत काम सकिएको जानकारी दिए । उनले असोज महिना भित्र ड्रिलिङको काम सक्ने गरी गत जेठदेखि काम सुरु गरिएको भएपनि कडा चट्टानका कारण मंसिर मसान्त सम्म ड्रिलिङ कार्य सकिने गरी काम भइरहेको बताए । अहिले विज्ञहरुले २÷२ मिटर गहिराइबाट निस्किएका ढुंगा र माटो परीक्षण गरी तथ्यांक संकलन गरिरेहका छन् । २७ सय मिटर ड्रिलिङ भएपछि सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी ३ वटा थप अध्ययन हुनेछ,’ उहाँले भन्नुभयो पेट्रोलियम पदार्थ हुनका लागि तय गरेका आवश्यक मापदण्ड अन्तर्गतका संकेतहरु सफलतापूर्वक प्राप्त भइरहेको छ ।
दैलेख उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष शान्ती प्रसाद शर्माले दैलेखमा पेट्रोलिय पदार्थको अन्बेषण गति लिए पछि उद्योगी ब्यबसायी खुसी भएको बताए । उनले त्रिदेशीय सडक निर्माण नभइसकेको र संघियताकै कारण दैलेखको भविष्य समेत ओझेलमा परेको बेला पेट्रोलियम पदार्थको अन्बेषणले दैलेख मात्र नभएर मुलुकलाई आर्थिक उन्नतीको बाटोमा अगाडी लैजाने बताए । उनले भने स्थानीयले भनेको जस्तै पेट्रोल निस्कने र ज्वाला ननिभ्ने उपायाको खोजी चाही गर्नपर्छ ।