Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

एकहत्तर करार कर्मचारीको करार सम्झौता रद्ध


दैलेख  :   दैलेख जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले नगरपालिकामा कार्यरत ७१ जना कर्मचारीलाई हटाउने निर्णय गरेको छ । गएको असोज ३ गते बसेको कार्यापालिका वैठकले करार सेवाका कर्मचारीहरुलाई आन्तरिक आम्दानी नभएको भन्दै ७१ जनाको करार सेवा सम्झौता रद्द गरेको हो । सामाजिक परिचालक,पशुसेवा प्राविधिक, कृषि सेवा प्राविधिक, अनमी चौथों , अ.हे.व. चौथों, नगर प्रहरी, अनमी, कार्यालय सहयोगी र कुचिकारको करार सेवा सम्झौता रद्द गरी हटाइएको नगरपालिकाले जानकारी दिएको छ ।

संघिय सरकार बाट प्राप्त हुने रकम बाट तलव भत्तामा खर्च भुक्तानी गरि अपलचन गरेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि साउन र भदौं महिनाको तलव रावश्व वाडफाँटबाट दिने गरि कर्मचारीको करार सेवा रद्ध गरिएको नगरपालिकाका नगर प्रमुख गणेश बहादुर शाहीले जानकारी दिए । उनले आन्तरिक राजस्व वाहेक विकासको पैसाले कर्मचारी राख्न नपाईने हुँदा एकैपटक यतिका कर्मचारी हटाउनु परेको बताए । उनले भने कर्मचारी हटाउदा समस्या त आएको छ । अब एउटै कर्मचारीले दोहोरो भुमिका गर्नुपर्ने छ । वडाको समस्या त समाधान हुन्छ । तर स्वास्थ्यमा समस्या आउने भएकाले कसरी अगाडी बढने भनेर छलफल भईरहेको छ । समस्याको समाधान छिट्टै टुंगो लाग्छ उनले भने । एकैपटक ७१ जनाको करार सेवा सम्झौता रद्द भएपछि पालिकाको वडानं १, ६र ७ का वडा कार्यालय सहयोगीको भरमा चलिरहेका छन् । कर्मचारी हटाउँदा असोज ४ गते देखि वडाका सामान्य सिफारिस ,स्थानीय पञ्जिकाधिकारी काम समेत नभएको स्थानीयले बताएका छन । कर्मचारी हटाएपछि जन्मदर्ता,बसाईसराई,विवाह दर्ता लगायतका काम लिएर आएका सेवाग्राहीले समस्या भोग्नु परेको उनीहरुले बताएका छन । करार सेवा सम्झौता रद्द हुँदा चामुण्डा विन्द्रासैनी नगरपालिकामा रहेका ६ वटा शहरी स्वास्थ्य क्लिनिक र ६ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र,असोज ४ गते बाट बन्द छन । स्वास्थ्य शाखा प्रमुख मान कुमारी शाहीका अनुसार बर्थिङ्ग सेन्टरका कार्यालय सहयोगी तथा अन्य कर्मचारी लाई हटाउदा समस्या आएको बताउनुभयो । उहाँले पालिकाको नियमित खोप १६ गते भएकाले कसरी खोप व्यवस्थापन गर्ने भन्ने अन्योल छ । चामुण्डा विन्द्रासैनी नगर पालिकामा नगरपालिकाको आन्तरिक आम्दानी र संघीय सरकारबाट प्राप्त रावश्व बाडफाँट बाट नियुक्त गरिएका केही करार कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिई वडामा पठाउन प्रयास गरिएको चामुण्डाविन्द्रासैनी नगरपालिकाले जनाएको छ । त्यस्तै
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गठित नगर प्रहरीहरु अलपत्र परेका छन् । स्थानिय सरकारले आन्तरिक राजश्वबाट तलब भत्ता दिने गरि गठन गरिएको नगर प्रहरीलाई पनि वित्तिय समानिकरण वजेट बाट तलब भुक्तानी गरेको देखिएकाले करार सेवा बाट हटाउनु परेको छ । दशैको मुखमा कर्मचारीलाई हटाएर राजनिति गर्न खोजेको करार कर्मचारीले बताएका छन ।