Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

बिष नहालेर फलाउँछन तरकारी

..


कमल शर्मा
दैलेख  :   दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका –९ का ५० वर्षिय नगेन्द्र खड्का १७ वर्ष अघि घरबारीको माटोको उब्जाउ देखेर मख्ख पर्थे । त्यति बेला परमपरागत रुपमा नगदेबाली खेती हुन्थ्यो । त्यस बाहेक मौसम अनुसार अन्यबालीहरु राम्रो उब्जाउ हुने भएपछि खाद्यान्न अभाव कहिलै भएन । दुई वटा दुहुना भैसी,गाई गोरु पालेर मल पनि टन्न हुने र बारीमा मल पनि प्रसस्त हाल्दा नुन बाहेक केही किन्न नपरेका  खड्का अहिले त्यही बारीमा उत्पादनमा आएको ह्रास देखेर दंग परेका छन ।

लामो समय तरकारी खेतीगर्न छाडेको खड्का पुन त्यही माटोको उब्जाउ शक्ति बढाउने अभियानमा जुटे । त्यही बारीमा आफ्नो जागर पोख्न थाले । हिजो आज बारीको उब्जाउ शक्ति बढ्दै गएको खड््काले सुनाए । कारण हो उनले जलबायु अनुकूलन कृषि प्रविधि अंगाल्नु । कुनै बेला राम्रो उत्पादन हुने बारीमा दुःख गरे अनुसार उत्पादन उत्पादन हुन छोड्यो यसको कारण त कीटनाशक विषादी प्रयोग पो रहेछ । खड्काले भने तरकारी बालीमा लाग्ने रोग किरा नियन्त्रणका लागी जैविक उपचार विधि अपनाइएको छ ।

पछिल्लो चार वर्षयता बजारमा पाइने बिषादी प्रयोग गर्ने छोडेको उनको भनाइछ । खडकाको बारीमा मौसम अनुसार तरकारी उत्पादन भइरहेका छन । कुनै बेला विषादी प्रयोग नगरी तरकारी फल्दैन जस्तो लाग्थ्यो । उनले भने विषादी प्रयोग नगर्दा पनि त तरकारी फल्दो रहेछ । त्यस माथी अर्गानिक खाँदा स्वास्थ्य पनि नबिग्रीने । छ रोपनी क्षेत्रफलमा तरकारी खेती गरिरहेको खड्काको परिवारले मौसम अनुसार काउली,बन्दागोपी,गोलभेडा,तिताकरेला,भेन्डी लगायतका तरकारी उत्पादन गर्छन ।

बारीमा उब्जाउ बृद्धि भए संगै खड्काले सागर कृषि पशुपंक्षी फार्म दर्ता गरेर छ रोपनी जग्गामा तरकारी खेती गरेर वार्षिक ५/६ लाख आम्दानी गर्ने गरेका छन । खड्का भन्छन कलाकार पशुपति शर्मा र सीता केसीले गाएको मलाई अमेरिका यहि मलाई जापान पनि यहि गित मेरै लागी बनेको हो की । गाउँका अधिकाँश पुरुष रोजगारीका लागि मुग्लान र खाडीमुलकमा गएपनि आफु गाउँमै तरकारी व्यवसाय गरेर आम्दानी गरेको बताए । पालिकामा तरकारी संकलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर विक्रीका लागि जम्बुकाँध बजार ल्याउनु पर्ने बाध्यतामा रहेको खड्काको भनाई छ । सानै उमेरमा हिमाञ्चल गए,दुःख पाए । अब आफ्नै देशमा गएर केही काम गर्छु भन्ने लाग्यो । गाउँ फर्किए तरकारी लगाए । तर तीनै खड्का आजभोली गाउँकै अगुवा कृषक वनेका छन् ।

पहिला त मैले जहानपरिवारले खाने तरकारी फलाए । पछि विक्री हुन थालेपछि व्यावसायिक तरकारी खेतीतिर लागेको हौं,उनले थपे घरमा श्रीमती (खजुरा)ले दुई भैँसी, एक हल गोरु र केही बाख्रा पालेर सघाएकी छन् । गाईवस्तुको मल बाहेक अन्य मल प्रयोग गर्देनन् । चार सन्तानमध्ये जेठी छोरीको विवाह भइसक्यो । जेठाले १२ पास गरेर गाउँमै व्यापार गरि बसेका छन् । एक छोराले भर्खरै १८ महिने भेटेनरी कोर्स पूरा गरे, एक छोरीले १२ कक्षा पास गरेकी छन् । छोराछोरीलाई यतिसम्मको शिक्षादीक्षा उनले तरकारी बेचेरै पढाएका हुन् ।

उनी जस्तै समाजमा रहेको शोषण,दमन, र अन्यायलाई साधैका लागी अन्त्य गर्ने अठोट बोकेर युद्धमा होमिए नौमुले गाउँपालिका – ६ का धन बहादुर तारामी मगर अहिले ब्यबसायिक तरकारी खेतीमा लागेका छन । सेना समायोजन गर्दा योग्य ठहरिएका मगरले नेपाली सेनामा समायोजन भई एक वर्ष जागिर गरे । नेपाली सेनाले सञ्चालन गर्ने तालीम गर्दा गर्दै स्वास्थ्यमा समस्या देखिएपछि स्वैच्छिक अवकाश लिएर गाउँ फर्कका तारामी मंगरको अहिले परिचयनै फेरिएको छ ।

चार रोपनीमा जग्गा भित्र लटरम्म फलेका बोडी, टमाटर, काउली बन्दा,करेला, लौकासहितका तरकारीले अहिले दश बर्से जनयुद्ध देखी नेपाली सेनाको जागिर समेतलाई बिर्साउने गरेको उनको भनाइछ । तरकारीमा लाग्ने किराको नियन्त्रणका लागि तारामी मगर आफैँ कीटनाशक औषधि बनाउछन । किरा नियन्त्रणका लागी बास,खाडल पासो,ल्युउर राखिएको पानीको पासो,सावुनपानी पासो,मोहनी पासोले बारीमा लागेको किराको नियन्त्रण गर्ने प्रविधिलाई देखाउँदै भने तरकारीमा लाग्ने किराको संख्या र क्षतिको आङ्कलन गरेर बिषादीमुक्त तरकारी उत्पादन गरिरहेको छु । जलवायु उत्थानशील कृषि प्रविधिबाट व्यवसायिक तरकारी खेती गर्न थालेपछि गाउँका अन्य किसान समेत त्यस तर्फ आर्कषित बनेको उनको भनाइछ ।

गाउँ घरमा विगतमा अमृत हुने बस्तु बजार बाट बिषादी ल्याएर हाम्रै कारण विष बनाइएका छन्, तारामीले भने यो अब विषादी नियन्त्रणका लागि सरकारले अभियान नै चलाउनु पर्छ । नत्र कृषि खेती गरिरहेका किसान भेटाउन सकस हुन्छ । तारामीको तरकारी खेती देखेपछि गाउँका अन्य युवा पनि तरकारी बाट राम्रो उत्पादन लिन थालेका छन् ।

विषादी नछरी किरा नियन्त्रण र विषादी रहित तरकारी उत्पादनमा तारामीले अपनाएको तरिकाले हामीलाई लोभ्याएको छ नौमुले गाउँपालिका –४ का कृष्ण बहादुर थापा मगरले भने आफ्नै वरिपरि पाइने वनस्पति र गहुँतबाट किरा नियन्त्रण गरिँदा स्वास्थ्य सुरक्षा र कीटनाशक विषादीमा हुने खर्चबाट बचिएको छ । उनी अहिले गाउँ छिमेक वरपर राम्रो उदाहरणका नमुना कृषक समेत बनेका छन । घरमा भेट्न आउने आफन्त हुन् कि अन्य छिमेकी यिनी (तारामीको) खेतीकै कुरा गर्छन् । पहिलो वर्ष विषादी ल्याएर तरकारी उत्पादन गरियो तर त्यसले उत्पादनको मात्र ह्रास भएपछि जलवायु अनुकूलित कृषि प्रविधि र जैविक मल प्रयोग गरे पनि तरकारीमा बाली उत्पादनमा समेत वृद्धि भएको उाको भनाइछ ।