Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

आम्दानी भन्दा दुई सय प्रतिशत खर्च सेवा सुविधामा

..


कमल शर्मा
दैलेख  :   जिल्लाका स्थानीय तहले आन्तरिक आम्दानी भन्दा दुइ सय प्रतिशत रकम सेवा सुविधामा खर्च गर्ने गरेका छन । संघिय सरकार मार्फत आउने राजश्व बाँडफाट,अनुदान रकमलाई विकास निर्माण भन्दा पनि जनप्रतिनिधी र कर्मचारीको सेवा सुविधामा खर्च गर्ने गरेको महालेखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷२०८० प्रतिबेदनमा उल्लेख गरिएको छ ।
दुल्लु नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० कुल आन्तरिक आम्दानी ५३ लाख ३९ हजार आठ सय ४१ रुपैयाँ, राजस्व बाँडफाँटबाट नौ करोड ५१ लाख ७८ हजार आठ सय ३० रुपैयाँ, अन्य आय दुई करोड ४२ लाख ७० हजार तीन सय ५६ रुपैयाँ र अनुदानबाट ६५ करोड ५१ लाख ४८ हजार सात सय ७३ रुपैयाँसमेत ७७ करोड ९९ लाख ३७ हजार आठ सय रुपैयाँ आम्दानी भएकोमा गत वर्षको जिम्मेबारी रकम समेतबाट चालुतर्फ ५२ करोड ४३ लाख ४५ हजार छ सय ८५ रुपैयाँ र पूँजिगततर्फ २६ करोड २० लाख ९९ हजार छ सय ४० रुपैयाँसमेत गरेर ७८ करोड ६४ लाख ४५ हजार तीन सय २५ रुपैयाँ खर्च गरेको छ । खर्चमध्ये आन्तरिक आयको हिस्सा ०.६८ प्रतिशत मात्र रहेको छ । आर्थिक वर्ष २०७९/८० पदाधिकारी सुबिधामा एक करोड ४१ लाख ५४ हजार खर्च भएको छ जुन आन्तरिक आयको २६५ प्रतिशत बढी रहेको छ । त्यस्तै, नगरपालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँटको रकमबाट ६६.६७ प्रतिशत चालु र ३३.३३ प्रतिशत मात्र पूँजिगत निर्माणमा खर्च भएको देखिन्छ । यसबाट नगरपालिकाले विकास निर्माण कार्यक्रम सञ्चालनमा न्युन खर्च गरी प्रशासनिक कार्यमा बढी खर्च गरेको देखिएको महालेखाले जनाएको छ । प्रशासनिक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजस्व बाँडफाँटको रकम अधिक रुपमा बिकास निर्माणमा परिचालन गर्न महालेखाले सुझाएको छ ।
त्यस्तै नौमुले गाउँपालिकाको आर्थिक २०७९/२०८० मा २८ लाख ४५ हजार ७७५ रुपियाँ आम्दानी ग¥यो । राजश्व वाडफाँट र अन्य अनुदान गरी कुल ४८ करोड ५१ लाख १९ हजार ५२९ रुपियाँ मध्ये चालु तर्फ ३५ करोड ४७ लाख २६ हजार ५९१ खर्च गर्दा पुजीँगत तर्फ १३ करोड चार लाख ९० हजार ९३२ रुपियाँ खर्च ग¥यो । गाउँपालिकाले खर्च गरेको कुल बजेट मध्ये आन्तरिक आयको हिस्सा ०.५८ रहेकोमा गाउँपालिकाका जनप्रतिनिधिको सेवा सुविधामा ५९ लाख ७० हजार खर्च ग¥यो । जुन आन्तरिक आयको २०८.९४ प्रतिशत बढि हो । महालेखाले भनेको छ गाउँपालिकालाई प्राप्त भएका राजश्व र अनुदान बाट प्राप्त भएको रकमको ७३.११ प्रतिशत चालुमा र २६.८९ प्रतिशत पुजीँगतमा खर्च भएको छ । गाउँपालिकाको विकास निर्माण कार्यमा कम खर्च गरी प्रशासनिक कार्यमा बढि खर्च गरेको छ । प्रशासनिक कार्यकमा कम खर्च गरी विकास निर्माणका कार्य वा उत्पादन मुखी क्षेत्रमा धेरै बजेट खर्च गर्नु ।
त्यस्तै नारायण नगरपालिकाले आन्तरिक आम्दानी भन्दा ७१.०४ प्रतिशत बढि रकम जनप्रतिनिधिको सेवा सुविधामा खर्च गरेको छ । नगरपालिकाले ९८ लाख ३४ हजार ३७८ आम्दानी गरेको जनप्रतिनिधिको सेवा सुविधामा ६९ लाख ८६ हजार खर्च गरेको छ । कुल बजेट मध्ये घेरै चालु खर्चमा धेरै पुजीँगत खर्चमा कम गरेको भन्दै महालेखाले नगरपालिकालाई विकास निर्माण वा उत्पादनमुखी कार्यक्रममा खर्च सुझाव दिएको छ ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाले आर्थिक वर्ष २०७९/२०८० मा ३४ लाख ५५ हजार ७४५ आम्दानी गरिएकोमा जनप्रतिनिधिको सेवा सुविधामा ९१ लाख २३ हजार खर्च गरेको छ । नगरपालिकाले आन्तरिक आम्दानीको भन्दा २६४ प्रतिशत जनप्रतिनिधिको सेवा सुविधामा खर्च गरेको भन्दै सेवा सुविधा भन्दा नगरपालिकाले अन्य विकास निर्माणका काममा खर्च गर्न महालेखाले नगरपालिकालाई त्यस्ता कार्यमा कम खर्च गर्न भनेको छ । आठबिस नगरपालिकाले कुल आम्दानी ३१ लाख एक हजार ३५१ रुपिँया आम्दानी गरेकोमा जनप्रनिधिको सेवा सुविधामा ९३ लाख ३२ हजार खर्च गरेको छ । जुन आन्तरिक आम्दानीको २८२.६७ प्रतिशत बढि हो । नगरपालिकाले चालु तर्फ ७० प्रतिशत र पुजीँगत तर्फ ३० प्रतिशत बजेट बिनियोजन गरेको थियो ।
डुगेश्वर गाउँपालिकाले आन्तरिक आम्दानी भन्दा २५२.९९ प्रतिशत बढि रकम सेवा सुविधामा खर्च गरेको छ । गाउँपालिकाले कुल बजेटको ७३ प्रतिशत चालु र २६ प्रतिशत पुजीँगतमा खर्च गरेकोमा पदाधिकारीको सेवा सुविधामा ५४ लाख ४२ हजार खर्च गरेको छ । त्यस्तै भगवतीमाई गाउँपालिकाले ३१ लाख ३० हजार पदाधिकारीको सेवा सुविधामा खर्च गरेको छ भने आन्तरिक आम्दानी ४६ लाख ५३ हजार ५६३ रुपियाँ आम्दानी गरेको छ । जुन आन्तरिक आम्दानीको ६७.४१ प्रतिशत बढि हो ।
त्यस्तै जिल्लाको महावु गाउँपालिकाले आन्तरिक आम्दानीको शत प्रतिशत खर्च गरेको छ । पदाधिकारीको सेवा सुविधामा ५८ लाख ८ हजार खर्च गरेको गाउँपालिकाले आन्तरिक आम्दानी भने ५७ लाख ९२ हजार,१२० रुपियाँ आम्दानी गरेको थियो । गाउँपालिकाले ६७.५६ प्रतिशत चालु र ३२.४४ प्रतिशत पुजीँगतमा खर्च गरेको थियो । भरैवी गाउँपालिकाले आन्तरिक आम्दानी भन्दा ६४७ प्रतिशत बढि पदाधिकारीको सेवा सुविधामा खर्च गरेको छ । गाउँपालिकाको आन्तरिक आम्दानी ८ लाख ४४ हजार ६१० रुपियाँ आम्दानी गर्दा पदाधिकारीको सेवा सुविधामा ५४ लाख ६० हजार खर्च गरेको छ । गुराँस गाउँपालिकाले कुल आन्तरिक आय बाट ६८ लाख ७६ हजार ३८४ रुपिँया आम्दानी गरेकोमा पदाधिकारीको सेवा सुविधामा ६० लाख १२ हजार खर्च गरेको छ । जुन आन्तरिक आम्दानीको ८७.४३ प्रतिशत बढि हो । पालिकाले राजश्व बाँडफाँट बाट ६७.१२ प्रतिशत चालु र ३२.८७ प्रतिशत पुजीँगतमा खर्च गरेको छ ।