Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

कात्तिक ७ गते बाट भगवतीमाई खेलकुद महोत्सव


दैलेख  :   खेलकुद विकास समिति भगवतीमाईको आयोजना भगवतीमाई खेलकुद महोत्सव २०८१ कात्तिक ७ गते बाट सुरु हुने भएको छ । भगवतीमाई गाउँपालिकाको प्रर्बद्धक र खेलकुद विकास समिति भगवतीमाई गाउँपालिकाको आयोजना उक्त खेलकुद महोत्सव हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । खेलकुद विकास समिति भगवतीमाईका अध्यक्ष शमशेर खड्काले खेलकुद महोत्सवमा अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल र सटफुट प्रतियोगिता राखिएको जानकारी दिए । उनले खेलकुद महोत्सवमा अन्तरपालिका स्तरीय खुल्ला पुरष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार तीन लाख दितिय पुरस्कार एक लाख ५० हजार र तृतिय पुरस्कार ५० हजार र समान २ वटा समुहलाई ५० हजार रुपियाँको पुरस्कार राशी राखिएको बताए । उनले भने दैलेख जिल्लामै ठुलो राशीको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।

भगवतीमाई खेलकुद महोत्सवमा सटफुटको समेत प्रतियोगिता गरिने आयोजकले जानकारी दिएको छ । आयोजक अनुसार सटफुटमा प्रथम हुनेलाई १० हजार पुरस्कार दितिय हुनेलाई ६ हजार तृतिय स्थान प्राप्त गर्नेलाई चार हजार पुरस्कार राखिएको छ । अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा टिम दर्ता शुल्क मार्फत १० हजार र सटफुट तर्फ एक हजार राखिएको जनाइएको छ ।