Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

दलित पत्रकार संघको अध्यक्षमा कृष्ण सुनार


दैलेख :  राष्ट्रिय दलित पत्रकार संघ नेपाल दैलेखको दोश्रो जिल्ला अधिवेशनबाट कृष्णबहादुर सुनारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति निर्बिरोध चयन गरेको छ । कार्यसमितिका उपाध्यक्ष जगत सुनार, सचिव हिमेन्द्र बिक, कोषाध्यक्ष दिलकुमारी नेपाली चयन भएका छन ।

जिल्ला कार्यसमितिका सदस्यहरु पम्फा परियार, ममता बिश्वकर्मा, अम्मर नेपाली र चित्रकला नेपालीसंगै कर्णाली प्रदेश दुई जना पार्षदहरु कलम नेपाली, कमला बिक, केन्द्रीय पार्षदहरु पदम सुनार र पृथ बयलकोटी चयन भएका छन ।