Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

टीआरसी विधेयक राष्ट्रिय सभाबाट पारित


काठमाडौं  :   बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टिआरसी)राष्ट्रिय सभाबाट पारित भएको छ ।

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभा बैठकबाट सर्वसम्मत पारित भएको छ ।

दुबै सदनबाट विधेयक पारित भएसँगै अब उक्त विधेयक प्रमाणीकरणका लागि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रमाणीत गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउनेछन् । राष्ट्रपति पौडेलले प्रमाणीकरण गरिसकेपछि उक्त विधेयकले ऐनको रुप लिएर कार्यान्वयन प्रक्रिया अघि बढ्नेछ ।