Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कर्णाली योजना आयोगको उपाध्यक्षमा योगी नियुक्त

 


सुर्खेत : कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियुक्त भएका छन् । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले वीरेन्द्रनगर नगरपालिका ४ का सूर्यनाथ योगीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारका प्रवत्ता एवम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उपाध्यक्ष संगै सदस्यहरुमा मुगुको छायाँनाथ रारा नगरपालिका–५ का डम्मरबहादुर रावल र रास्कोट नगरपालिका–३ कालीकोटका अशोकनाथ योगीलाई नियुक्त गरेको बताए ।
गत चैत २७ गतेबाट आयोग पदाधिकारीविहीन थियो ।