Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

त्रिपालले ढाकियो जाजरकोट दरबार

जाजरकोट  :   ऐतिहासिक जाजरकोट दरबारलाई मनसुनजन्य प्रकोप तथा वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको छ । गत कात्तिक १७ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको ऐतिहासिक जाजरकोट दरबार मनसुनजन्य प्रकोप तथा वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले प्रदेश सरकारको कार्यक्रमअन्तर्गत डिभिजन वन कार्यालय जाजरकोटको सहयोगमा त्रिपालले ढाक्ने कार्य गरिएको हो । अत्यन्तै जोखिमका बाबजुद पालले ढाक्ने कार्य सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । विसं १८५२ मा निर्माण गरिएको यो दरबारले तीनपटक भूकम्प सहिसकेको छ ।

यसअघिका दुईवटा भुइँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवैपटक दरबार पुनर्निर्माण गरिएकोे दरबार यस पटकको भूकम्पले पूर्णरुपमा क्षति पुगेको छ ।
यसको पुनर्निर्माणका लागि १९९० साल पछि भक्तपुरका नेवार उति बेलाका इन्जिनियर नाक्चेलाई ल्याएर यसको पुनर्निर्माण गरिएको थियो । यसमा प्रयोग भएको झ्यालको कला र स्वरुप हेर्दा सुरुकै स्वरुपमा निर्माण भएको देखिन्छ । यो दरबार ऐतिहासिक तथा पुरातात्विक हिसाबले निकै महत्त्वपूर्ण छ । यो जाजरकोटको मात्र नभएर पूरै कर्णालीको मुख्य पर्यटकीय गन्तव्य पनि हो ।

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले यसलाई बलियो ढङ्गले पुनर्निर्माण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । यसको मौलिकता, ऐतिहासिकता र पुरातात्विक महत्त्व सुरक्षित हुने गरी पुरानै स्वरुपमा भूकम्पीय जोखिममुक्त तरिका अपनाएर पुनर्निर्माण गर्नुपर्छ ।