Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कर्णाली प्रदेशसभा बैठक शुक्रबार पनि अवरुद्ध

सुर्खेत :  कर्णाली प्रदेशसभा बैठक शुक्रबार पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमाथि आपत्ति जनाउँदै बैठकमा अवरोध गरेको हो । आर्थिक वर्ष २०८१÷०८२ को बजेटमाथि सदनमा छलफल सुरु भएको थियो ।
आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले असार १ गतेको बैठकमा बजेट प्रस्तुत गरेका थिए । त्यसपछि २ दिनसम्म चलेको बजेट माथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा असार ५ गते आर्थिक मामिलामन्त्री केसीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेसले विरोध जनाएको थियो ।

 

त्यसयता असार १४ गते शुक्रबारसम्म ५ पटक संसद् बैठक बोलाए पनि निरन्तर अवरुद्ध हुँदै आएको छ । बैठक आइतबार दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए ।

मन्त्री केसीले बोल्दाबोल्दै रोकेका कांग्रेस सांसदहरुले बजेट निर्माण प्रक्रियाबारे नपढाएर बजेटमा गरिएको विभेदका बारेमा प्रस्ट्याउन भनेका थिए । विषयगत बुँदाहरु राख्दा आर्थिक मामिलामन्त्रीले बुझ्न नसकेको टिप्पणी गरे । सडक र भवन पूर्वाधार निर्माणमा ३० लाखभन्दा कम र पर्यापर्यटनतर्फ १५ लाखभन्दा कम बजेट विनियोजन गरिएका योजना ल्याउन नहुने पूर्ववत् सहमति भएको थियो ।

चालु आर्थिक वर्षको बजेट पारित गर्नुअघि उति बेलाको सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएरमात्रै बजेट पारित गरिएको थियो । उति बेलाका प्रतिपक्ष दलका नेता यामलाल कँडेल मुख्यमन्त्री भएको बेलामा समेत सोहीक्रम दोहारिएको भन्दै अहिले कांग्रेस सहितका दलहरुले विरोध जनाएका हुन् ।