Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

ब्यबसायिक बिउँ उत्पादन गर्दै किसान


दैलेख  :   दैलेखको दुल्लु नगरपालिका–१३ खाती गौँडाका पछिल्लो समय प्याज,बोडी,केराउ,सिमी, टमाटर, भिण्डी,करेला,काँक्रा, चिचिन्डा,लौका लगायतका तरकारी लगायत खाद्य बालीको बीउ उत्पादनमा आकर्षित भएका छन् । जीवन निर्वाहका लागी परम्परागत खेती, र काला पहाड जानु पर्ने बाध्यतामा रहेका किसानहरू बीउको मूल्य पाइने भएपछि खाती गौडाका एक सय ५० घर धुरी ब्यबसायिक बिउँ उत्पादनमा लागेका हुन ।

२०६५ सालमा सिप्रेड परियोजनाको सहयोगमा हातेमालो तरकारी बिउँ प्रर्बद्धन सहकारी संस्था निर्माण गरेर बीउ उत्पादनको तालीम लिएका त्यहाँका किसानले सहकारीलाई एक करोड ५० लाख को बिउ उत्पादन गरी बिक्री गरेको छन् । हातेमालो तरकारी बीउ प्रवर्द्धन सहकारी संस्थाका अध्यक्ष विष्णु बहादुर शाहीले खाती गौडा र जीवा टोलका एक सय ५० घरधुरी व्यावसायिक बिउँ उत्पादनमा लागेको बताए । उनले सहकारीले बिउँ खरिद गरी ल्याउने र किसानलाई वितरण गर्ने र किसानले उक्त बीउ बाट धेरै बीउ उत्पादन गर्ने बताए । खातीगौडाका र जीवा टोलका तीन सय सदस्य सहकारीमा आबद्ध भए पनि एक सय ५० जनाले व्यावसायिक रूपमा तरकारीको बिउँ उत्पादनमा लागेको उनको भनाइछ ।

बीउका लागि उत्पादन गरिएको तरकारी बालीको बिउँ र मकै बालीको बिउँ बिक्री गर्दा बढी आम्दानी गर्ने सकिने भएपछि आफूहरू अन्य खेती छाडेर व्यावसायिक तरकारीको बिउँ उत्पादन गर्न लागेको दुल्लु नगरपालिका –१३का बम बहादुर सिंहले बताए । उनले बर्षेबाली लगाएर काला पहाड जाने हिउँदे बाली लगाउन पुन गाउँ फर्कने यहाँका अधिकांश नागरिकलाई बिउँ उत्पादनमा लागेपछि काला पहाड जान छुटेको बताए । उनले भने हाम्रो घरका छोरा बुहारी सहित ६ जनाको परिवारले अहिले बिउँ उत्पादन गरिएको र वार्षिक ७ देखी १० लाख सम्म आम्दानी गर्ने गरेका छौँ ।

दुल्लु नगरपालिका –१४ जीवा टोलका दीप बहादुर शाहीले आफ्नो बारीमा अन्य वाली नलगाएर तरकारी बालीको बीउ, उत्पादन गरिएको बताए । उनले दुई रोपनी भन्दा बढी जग्गामा विगत तीन वर्षदेखि व्यावसायिक रूपमा बीउ उत्पादन सुरु गरेको बताए । खानकै लागि खेती गर्नुभन्दा बीउ उत्पादनमा फाइदा छ’, शाहीले भने हामी मात्र होइन, गाउँका धेरै किसानले अहिले बीउ उत्पादन गर्दै आइरहेका छन् । गाउँका किसानले उत्पादन गरेको बीउ सहरकारीले खरिद गरी बिक्री गरिदिने हुँदा बजारीकरणको समस्या समेत नभएको उनको भनाइछ ।

हातेमालो तरकारी बीउ प्रवर्द्धन सहकारी संस्थाका अध्यक्ष विष्णु बहादुर शाहीले किसानले उत्पादन गरेको बीउ खरिद गरी चितवन,दाङ,सुर्खेत, नेपालगञ्ज लगायतका जिल्लामा बिक्री गर्ने गरेको बताए । उनले भने आफूले मात्र दुई रोपनी जग्गामा बिउँ उत्पादन गर्ने गरेको र १५ जनालाई रोजगारी समेत दिएका छौँ । सहकारीले बीउ, मल खरिदमा बीउ उत्पादन गर्ने किसानलाई पहिलो प्राथमिकता दिने गरेको छ । सहकारीले निःशुल्क प्राविधिक सहयोग समेत दिने गरेको किसान बताउँछन् । सहकारीले बजार भाउभन्दा तीन सय रुपैयाँभन्दा बढी मूल्यमा बीउ खरिद गर्ने गरेको छ। सहकारीले बीउ उत्पादन गर्ने किसानलाई प्राथमिकतामा राखेर काम गर्ने गरेको छ । यसका साथै सहकारीले बीउ उत्पादन कोष सञ्चालन गरेको छ ।
दुई पटक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार
हातेमालो तरकारी बीउ प्रवर्द्धन सहकारी संस्थाका अध्यक्ष विष्णु बहादुर शाही सहकारीको अध्यक्ष मात्र नभएर आफै उत्पादन कर्ता भई दुई पटक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार बाट सम्मानित भएका थिए । उनी कृषि विकास कार्यालय दैलेख र तत्कालीन क्षेत्रीय कृषि निर्देशनालय राष्ट्रपति कृषक पुरस्कार बाट पुरस्कृत भएका थिए । उनले बिउँ उत्पादन सँगै अन्य तरकारी खेती समेत गरिरहेका छन । अध्यक्षले शाहीले दिएको जानकारी अनुसार जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा प्रत्येक किसानलाई प्लास्टिक टनेल वितरण गरिएको र बिउँ उत्पादन भई सकेपछि बीउ सुकाउन खलो निर्माण गर्न सहयोग गरेको बताए ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख दशरथ पाण्डेले व्यावसायिक कृषि खेती गरिरहेको किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न पुरस्कार बाट पुरस्कृत र अनुदान दिने गरेको बताए । उनले कृषि पेसा प्रमुख पेसा बनाएकालाई फिल्डमा नै नगएर पहिचान गर्ने र त्यसका आधारमा पुरस्कृत गर्ने गरेको बताए । उनले हातेमालो तरकारी बीउ प्रवर्द्धन सहकारी संस्थाले बिउँ उत्पादन गरी वार्षिक एक करोड ५० लाख सम्म आम्दानी गर्ने गरेको बताए ।
विदेश बाट फकिएर बीउ उत्पादनमा
रोजगारीको खोजी लागी साउदी अरब पुग्नु भएका दुल्लु नगरपालिका –१३ का गणेश बहादुर शाही समेत स्वदेश फर्केर बीउ उत्पादनमा लागेका छन । रोजगारी नभएको भन्दै खाडी मुलुक गएका उनले नेपालमै राम्रो पैसा कमाउन सकिने र परिवार सँगै बस्न पाइने भए पनि आफूले विदेश छोडेर नेपाल आएको बताए । उनले विदेशमा सिप र भाषा नजानेका कारण धेरै नेपालीले दुःख पाएको बताउँदै आफ्नै देशमा कृषि वा अन्य पेसामा लाग्न समेत युवाहरु लाग्नुपर्ने उनको भनाईछ ।
रोजगारीका लागी विदेश जाने र पैसा कमाउन बित्तिकै सहर पस्ने समस्याले गाउँमा समेत युवा नपाउने समस्यालाई समाधान गर्न राज्यका तीन तहकै सरकार लाग्नु पर्ने शाहीले बताए । उनले भने आफ्नै देशमा केही गरौँ भन्ने उद्देश्य बोकेका युवालाई समेत स्थानीय सरकारले आवश्यक पर्ने लगानी, र अवसर नदिएका कारण पनि युवाहरू पलायन हुनु पर्ने अवस्था आएको छ ।