Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

प्रदेश लोकसेवा आयोगको सदस्यमा ढकाल नियूक्त

सुर्खेत  :   कर्णाली प्रदेश लोकसेवा आयोगमा रिक्त रहेको सदस्य पदमा भक्तबहादुर ढकाल नियूक्त भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा ढकाललाई प्रदेश प्रमुख तिलक परियारले सदस्य पदमा नियूक्त गरेका हुन् ।

प्रदेश प्रमुख परियारले आयोगमा रिक्त सदस्य पदमा प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ३ को उपदफा (४) बमोजिम सुर्खेतका ढकाललाई बुधबार सदस्य पदमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यसअघि सदस्य रहेका भक्तबहादुर खड्काको उमेर हदले अनिवार्य अवकाशमा परेपछि उक्त पद रिक्त रहेको थियो ।