Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कांग्रेसले आइतबार सरकारविरुद्ध सडक आन्दोलन गर्दै


काठमाडौँ  :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध र सरकारका मिचाहा प्रवृत्ति विरुद्ध सडक आन्दोलन गर्ने भएको छ। सरकार संसदीय प्रक्रिया मिचेर बजेट ल्याउने मानसिकतामा रहको आरोप लगाउँदै सरकारविरुद्ध र सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सडक संघर्षमा जान लागेको कांग्रेसको बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

कांग्रेसले सरकार विरुद्ध र सहकारी पीडितको पक्षमा १३ गते आइतबार दिउँसो २ बजे प्रर्दनशनीमार्ग भृकुटीमण्डवमा सडक आन्दोलन गर्ने महतले जानकारी दिए।
काठमाडौँ जिल्ला कार्यसमितिले आयोजना गर्ने उक्त सडक संघर्षमा पार्र्टीका सम्पूर्ण भातृ संगठन र शीर्ष नेता एवं कार्यकता सहभागी हुने उनको भनाइ छ।
कांग्रेसले प्रथम चरणमा आगामी आइतबार भृकुटीमण्डपबाट सुरु गर्ने र सहकारीपीडित बढी भएका सहरहरू पोखरा, चितवन, रुपन्देहीलगायत देशभर आन्दोलन गर्ने कार्यक्रम तय भएको छ। कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै सदन अवरुद्ध गर्दै आइरहेको छ। आजको बैठकमा रविको राजिनामा माग्नुपर्ने विषय बैठकका सहभागीहरुले दोहोर्‍याएका थिए।