दश जना विद्यार्थीलाई तपेन्द्र रावल स्मृति छात्रबृति पुरस्कार
दैलेख – दैलेखको बसन्त मावि किमुगाउँमा अध्यनरत विद्यार्थीहरु मध्ये उत्कृष्ट स्थान प्राप्त गर्ने दश जना विद्यार्थीलाई तपेन्द्र रावल स्मृति छात्रबृति पुरस्कार प्रदान गरिएको छ ।
अघिल्लो आर्थिक वर्षको परिक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने कक्षा एक देखी दश सम्मका दश जना विद्यार्थीलाई तपेन्द्र रावल स्मृति छात्रबृति पुरस्कार प्दान गरिएको विद्यालयका प्रधानाध्यापक धर्मराज खड्काले जानकारी दिए । उनले प्रति बिद्यार्थी पाँच हजार नगद प्रदान गरिएको बताए ।
नारायण नगरपालिका–८ सिमाडा घर भई नेपाली सेनाका तत्कालिन मेजर स्वर्गीय तपेन्द्रबहादुर रावलले अध्ययन गरेको बसन्त मावि किमुगाउँमा अध्ययनरत जेहेन्दार १० जना विद्यार्थीलाई जनही पाँच हजारका दरले छात्रबृति उपलब्ध गराउन परिवारजनले तपेन्द्र रावल स्मृति कोष स्थापना गरेका थिए ।
२०५७ मा एसएलसी परीक्षामा सवर्वोत्तकृष्ट हासिल गरेका मेजर रावल २०७२ वैशाख १२ को विनासकारी भुकम्पमा घाइतेहरुको उद्धारका लागि गएको हेलिकप्टर दोलखा जिल्लाको सुनाखानीमा दुर्घटना हुँदा २०७२ वैशाख २९ गते निधन भएको थियो ।