वीरेन्द्रनगरमा खानेपानीको चरम संकट
सुर्खेत : गर्मीयाम लागेसँगै वीरेन्द्रनगरमा खानेपानीको चरम सङ्कट छ । प्रयोगमा ल्याइएका मुहानमा पानीको सतह घट्दा उपत्यकामा खानेपानीको सङ्कट चुलिएको हो ।
कतिपय धाराहरूमा हप्तौँ दिनसम्म पनि पानी नआउँदा स्थानीयहरूलाई निकै समस्या भएको छ । ‘राजधानी हो सुबिस्ता होला भन्छन्, यहाँ त प्यास मेट्ने पानी नपाइँदो रहेछ’, वीरेन्द्रनगर–१, बांगेसिमलका हरिन्द्र शाहीले भने , ‘हामी दैलेख ९गाउँमा० हुँदा पानीको कुनै समस्या हुन्थेन, जतिबेला चाह्यो मूलको चिसो पानीले तिर्खा मेट्न पाइन्थ्यो । यहाँ त धारामा पानी कहिले आउने हो टुङ्गो नहुने रहेछ ।’
उनको परिवारले वीरेन्द्रनगरका घर बनाएर बसेको केही वर्ष भयो । धारा जडान भएकाले कुवा नबनाएको भन्दै उनले तर धारामा पानी नआउँदा निकै समस्या भइरहेको उनले बताए । ‘एक त पानी नै आउँदैन, आएको भए पनि थोरै मात्रामा आउँछ’, उनले भने, ‘त्यसरी जम्मा गरेको पानी सबै परिवारलाई २÷३ दिन पनि पुग्दैन ।’
राजधानी बनेसँगै वीरेन्द्रनगरको जनघनत्व दिनप्रतिदिन बढ्दो छ । जसका कारण सबै घरहरूमा धारा जडान हुन सकिरहेको छैन । धारा जडान नभएका नागरिकले इनार (कुवा) को पानी प्रयोग गर्छन् । तर, यो पटकको लामो खडेरीका कारण कुवा नै सुक्ने समस्या बढिरहेको स्थानीयहरू बताउँछन् ।
वीरेन्द्रनगर, भैरवस्थानकी बसन्ती थापाको घरमा धारा जडान हुन सकिरहेको छैन । उनको भएको कुवामा पानी आउन छाडिसक्यो । ‘अघिल्लो वर्षसम्म त कुवा सुक्थेन, यो पटक वैशाख पहिलो हप्ता देखिनै कुवा सुक्न थाल्यो’, उनले भनिन्, ‘पानी सुक्दा निकै कठिन भयो । साभार रातोपाटी