Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

दैलेखमा आगलागीबाट दुई करोड २८ लाख बढीको क्षति

फाइल फोटो

अमृत बहादुर प्याकुरेल
दैलेख  :  जिल्ला सदरमुकाम दैलेखबजारको त्रिभुवन मावि अगाडि मंगलवार दिउँसो आगलागी हुँदा दुई करोड २८ लाख २० हजार बढीको क्षति भएको छ । ओमदेबी अटो पार्टस मोटर ग्यारेजमा बिजुली सट भई लागेको आगो संगै जोडिएको सम्झना फोटो स्टुडियो र सम्झना इण्टरप्राइजेजमा समेत आगो सल्किदा सो क्षति भएको हो ।

दिउँसो साढे एक बजेतिर भएको आगलागीबाट दुई वटा पसलमा नगद, विभिन्न सरसामान समेत गरी उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए । ओमदेबी अटो पार्टस लागेको आगो निभाउन प्रयास गर्दा गर्दै सम्झना इन्टरप्राईजेज र सम्झना स्टुडियो सल्कियो बताए ।
आगलागीबाट मोवाइल लगायतका विद्युतीय उपकरणहरु, खाद्य बस्तु र दैनिक उपभोगका सामग्री र नगद समेत जलेर नष्ट भएका सम्झना फोटो स्टुडियोका सञ्चालक भुपेन्द्र जीसीले बताए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीकोले आगो नियन्त्रणमा लिन सहयोग पर्‍याएका थिए । आगो लागेको जानकारी पाएको आधा घण्टा भन्दा ढिला मात्र दमकल आगो लागेको स्थानमा पुगेको थियो ।