Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

डोल्पा जिल्ला बाट निर्वाचित सबै सासद मन्त्री


डोल्पा  :  हिमाली जिल्ला डोल्पाबाट सङ्घ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री भएका छन । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको डोेल्पा जिल्ला बाट निर्वाचित तीन सांसद मन्त्री भएका छन ।

कर्णाली प्रदेश सरकारमा मात्रै डोल्पा जिल्लाबाट दुई मन्त्री नियुक्त भएका छन । मङ्गलबार भएको मन्त्रिपरिषद विस्तारमा एउटै जिल्लाबाट सत्ता गठबन्धन दलबाट प्रतिनिधित्व हुने गरी दुई मन्त्री नियुक्त भएका छन । डोल्पा जिल्ला प्रदेश क बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शेरबहादुर बुढा भौतिक पूर्वाधारमन्त्री र प्रदेश ख बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का सांसद वीरबहादुर शाही सामाजिक विकासमन्त्री नियुक्त भएका छन ।

शाही दोस्रो पटक मन्त्री भएका हुन । उनी यसअघि पनि उद्योग पर्यटन वन तथा वातावरणमन्त्री भई सकेका छन । डोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित सांसद धनबहादुर बुढा यसअघि सङ्घीय सरकारमा एकीकृत समाजवादीबाट सहरी विकासमन्त्री भइसकेका छन । एउटै जिल्लाबाट सङ्घीय सरकारमा एक र प्रदेश सरकारमा दुई मन्त्री नियुक्त हुने पहिलो जिल्ला डोल्पा भएको छ ।