Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

गोली प्रहार गर्ने मुख्य सुटरसहित चारै जना कारागार चलान


सुर्खेत  :   नेपाली काँग्रेस निकट तरूण दल सुर्खेतका सदस्य एवम् निर्माण व्यवसायी विनोद गिरीमाथि गोली प्रहार गर्ने सुटरसहित चार जना कारागार चलान भएका छन् । न्यायाधीस मनोज श्रेष्ठले इजालसले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए ।

 

पूर्पक्षका लागि कारागार चलान हुनेमा भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरी छन् । रोहित भारतीय सुटर हुन्, विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी हुन् ।

वीरेन्द्रनगर–३ स्थित गैरीगाउँमा विनोद चढेको बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा फागुन १२ गते साँझ गोली हानिएको थियो । भे ५ प ६०६१ नम्बरको मोटरसाइकलमा आएका केही व्यक्तिले गोली हानेका थिए । प्रहरीले सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र हातहतियार खरखजानाको मुद्दा अदालतमा दर्ता गरेको थियो ।