Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

एमालेले शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने

फाइल तस्बिर

काठमाडौं  :   नेकपा एमालेले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षको रूपमा अघि बढाउने निर्णय गरेको छ। बिहीबार पार्टी कार्यालयमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ पार्टीलाई अघि बढाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

त्यस्तै बैठकले जनसरोकारको मुद्दामा जनदबाब र जनपरिचालको एजेण्डा छिट्टै सार्वजनिक गर्ने बताए। बैठकले गठबन्धनका कारण राज्य संकट पर्दै गएको निष्कर्ष निकाल्दै संकटबाट मुक्त गर्न एमालेले निर्णायक भूमिका निर्वाह गर्ने संकल्प गरेको ज्ञवालीले बताए।

त्यस्तै विभिन्न २२ वटा प्रस्ताव पारित गर्दै एमालेले गठबन्धन सरकार र गतल प्रवृत्तिका पात्रको राष्ट्रिय हितमा आघात पुर्‍याएको निष्कर्ष निकालेको छ। सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टण्टबाजीमा परिणत भएको एमालेको ठहर छ। विभिन्न काण्डहरूको छानबिनमा व्यवसायीहरूपिच्छे दोहोरो मापदण्ड अपनाइएको र आफ्ना मान्छेहरूलाई अपराधबाट उन्मुक्ति दिन न्यायालयलाई प्रभावित र महान्यायाधिवक्ता कार्यालयको दुरूपयोग गरिएको पार्टीको निष्कर्ष रहेको ज्ञवालीले बताए।