Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

राउटे समुदायलाई खाद्यन्न सहयोग

दैलेख  :  चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साँगेतडामा बस्दै आएका राउटे समुदायलाई नेपाल प्रहरी श्रीमती संघले ४१ परिवारका लागि हरेक घरधुरीलाई एक–एक बोरा चामल, लगायतका खाद्यन्न र कपडा राहतखाद्यान्न सहयोग गरिएको छ ।
समुदायको आवश्यकता र राउटे मुखियासंगको सल्लाहमा पुरुषहरुले नसिलाएरै लगाउने गादोे, बालिकाहरुका लागि र महिलाहरु आफैले सियोले सिलाउने कपडा वितरण गरिएको राहत सहयोग समन्वय गरेका दैलेख प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवर, उपाध्यक्ष रुपा थापा, सहसचिव अनिता ढकाल अधिकारी, सदस्य प्रेक्षा गंगोल, संघका कर्णाली प्रदेश सहसचिव सुस्मा थापा समेत साँगेतडा पुगेर राउटे समुदायका ४१ परिवारका एक सय ३७ जनालाई उक्त राहत सहयोग वितरण गर्नुभएको हो ।

गएको मंसिर २७ गते दैलेखको भैरबी गाउँपालिका–५ कागेतडामा बसेको बेला ४१ परिवारका एक सय ४० जना सबैलाई पुग्ने गरी नेपाल प्रहरी श्रीमती संघले न्यानो कपाडा, खाद्यन्न बितरणसंगै स्वास्थ्य उपचार शिविर सञ्चालन गरेको थियो । यो दुई महिनामा दुई जन्मेका र पाँच जनाको ज्यान गएको छ, अहिले राउटेहरुको जनसंख्या एक सय ३७ मा झरेको छ ।