Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

एकताका लागि दौड प्रतियोगिता गर्दै नेपाली सेना


सुर्खेत  :   नेपाली सेनाले वीरेन्द्रनगरमा एकताको लागि दौडको नाम दिएर दौड आयोजना गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सेनाले दौड प्रतियोगिता गर्न लागेको जनाएको छ ।
राष्ट्रिय एकताको भावना अभिवृद्धि तथा सेनाद्वारा विगतमा आयोजना गरिएको रन फर युनिटी कार्यक्रमलाई निरन्तरता दिदै सेनाले लामो दुरिको दौड प्रतियोगिता आयोजना गरेको छ । १२ फागुनमा शनिबारका दिन वीरेन्द्रनगरमा आयोजित दौड प्रतियोगितामा खासगरी पाँच किलोमिटर र १० किलोमिटरका दौड प्रतियोगिताहरु हुने बताइएको छ । पाँच किलोमिटर दूरिको वाकाथन दौड प्रतियोगितामामा सरकारी कर्मचारी, प्रदेश सरकार तथा स्नानीय तहका पदाधिकारी, नेपाली सेनाका सकलदर्जा, संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय नागरिकलगायतको सहभागिता आह्वान गरिएको छ ।

 

यसैगरी १२ कक्षासम्म अध्ययनरत विद्यार्थीका लागि महिला र पुरुष गरी छुट्टाछुट्टै पाँच किलोमिटर दूरिको दौड प्रतियोगता रहेको छ । १० किलोमिटरको दौडतर्फ पुरुष र महिलाका लागि छुट्टाछुट्टै प्रतियोगिता आयोजना हुने सेनाले जनाएको छ । प्रतियोगितामा एक हजारजनाको सहभागिता रहने अपेक्षा गरिएको सेनाको भनाई छ । वीरेन्द्रनगर स्थित खुल्ला मञ्चमा आयोजना हुने दौड प्रतियोगितामा सेनाका गतिविधिहरु प्रर्दशन, साँस्कृतिक कार्यक्रम, शैक्षिक सामाग्री तथा फोटो प्रर्दशनीलगायतका कार्यक्रमहरु रहेको उत्तर पश्चिम पृतना हेडक्वाटरले जनाएको छ ।

 

दौड प्रतियोगितामा पाँच किलोमिटरतर्फका विजेता, पहिलो(दोस्रो र तेस्रोलाई क्रमश् १० हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार राशी र प्रमाण पत्र राखिएको छ । १० किलोमिटर तर्फका विजेतालाई क्रमश् २० हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार राशीसहित प्रमाण पत्र प्रदान गरिने सेनाले जनाएको छ । पाँच किलोमिटरतर्फको ‘वाल्काथन’ दौडमा सेनाले पुरस्कार भने राखेको छैन । साभार नेपालकर्म