Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

दैलेख एमालेमा सर्बसम्मत नेतृत्व चयन ,अध्यक्षमा सूर्यबहादुर शाही


अमृत बहादुर प्याकुरेल

दैलेख  :  नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेखको नयाँ नेतृत्व चयन भएको छ । एमाले जिल्ला कमिटी दैलेखको आठौँ जिल्ला अधिवेशनले पदाधिकारी सहित एक सय पाँच सदस्सीय जिल्ला कार्य समिति सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो। निर्वाचन कमिटीले सार्वजनिक गरेको विवरण अनुसार एमाले दैलेखको अध्यक्षमा चामुण्डाविन्द्रासैनी नगरपालिका–६ निवासी सूर्यबहादुर शाही निर्विरोध निर्वाचित भएका छ ।
सातौँ जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्यासी भएर रविन्द्रराज शर्मासँग पराजित भएका शाही आठौँ अधिवेशनमा निर्विरोध निर्वाचित भएका हुन । तत्कालीन जिल्ला विकास समितिको उपसभापति भइसकेका शाही २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा चामुण्डाविन्द्रासैनी नगरपालिकाको नगर प्रमुखमा काँग्रेसका गणेश बहादुर शाही संग पराजित भएका थिए ।
दैलेखी कम्युनिष्ट आन्दोलनका पुराना नेता समेत रहेका शाही राष्ट्रिय भूमि आयोग दैलेखका पूर्व अध्यक्ष भएर काम समेत गरिसकेका छन । यस्तै एमाले दैलेखको उपाध्यक्षमा भैरवी गाउँपालिका–७ का प्रेमबहादुर बुढा निर्विरोध निर्वाचत भएका छन । उनी सातौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । पार्टी जिल्ला अध्यक्ष रबिन्द्रराज शर्मा नेकपा(एमाले) कर्णाली प्रदेश कमिटिको उपसचिवमा निर्वाचित भएपछि एमाले दैलेखको कार्यवाहक अध्यक्ष समेत रहेका बुढाले अध्यक्षमा उम्मेदवारी दिएपनि सर्बसम्मत नेतृत्व चयन प्रक्रियालाई स्वीकार गर्दै उपाध्यक्षमा बस्न राजी भएपछि अध्यक्षमा सर्बसम्मत भएको थियो ।
निर्वाचन कमिटीका अनुसार एमाले दैलेखको नवनिर्वाचित कमिटीको सचिवमा हिमालय जंग शाह निर्विरोध निर्वाचित भएका छन । यस्तै उपसचिव महिलामा नारायण नगरपालिका–९ की तारा कुमारी सोनी र उपसचिव खुलातर्फ महाबु गाउँपालिका–३ का मिनबहादुर बुढा क्षेत्री निर्विरोध निर्वाचित भएका छन । निर्वाचन कमिटीका अनुसार खुला र भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् ।