हावाहुरी प्रभावितको उद्दारका लागि हेलिकोप्टर तयारी अवस्थामा
१७ चैत, काठमाडौं । हावाहुरीले बारासहितका जिल्लामा ठूलो क्षति भएपछि सरकार उद्दारमा जुटेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्दारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीसँग उद्दारमा संलग्न हुन पार्टीपंत्तिलाई पनि आह्वान गरेका छन् ।
भोली बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा
"नाईट भिजन" हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।
सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।— K P Sharma Oli (@kpsharmaoli) March 31, 2019
उनका अनुसार काठमाडौंको एयरबेसमा नाइट भिजन हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । विहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा छ ।