Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सडक अलपत्र पार्ने ठेकेदारको धरौटी रकम जफत

 

सुर्खेत  :   निर्माणको जिम्मा लिएको सडक अलपत्र पार्ने ठेकेदारको धरौटी रकम जफत गरिएको छ । सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार पुग्ने मंगलगढी काँक्रेविहार सडक वर्षौंदेखि अलपत्र पारेको भन्दै पूर्वाधार विकास निर्देशनालयले अमर सिस्ने नेपाल मेघा कम्पनीको धरौटी रकम जफत गरेको हो ।

 

निर्देशनालयका सूचना अधिकारी हरिशर्मा धितालले समयमै काम नगरेका कारण सो निर्माण कम्पनीको धरौटी रकम जफत गरिएको बताए । कम्पनीको ८७ लाख रकम जफत भएको छ । धेरै पटक ताकेदा गर्दा पनि काम नगरेपछि कम्पनीले जम्मा गरेको धरौटी रकम जफत गरिएको हो ।

सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जाने सडक वर्षौंदेखि अलपत्र परेको छ । मंगलगढी चोकदेखि लाटीकोइलीको शिवमन्दिसम्मको सडक अलपत्र पर्दा नागरिकले सास्ती बेहोर्नुपरेको छ । सडक विस्तारको काममा ढिलाइ भएको भन्दै स्थानीयले पटकपटक संघर्षका कार्यक्रम गर्दै आएका छन् ।

यो सडकको काम यसअघि प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा ठेकेदार कम्पनीसँग सम्झौता गरेर अघि बढाएका थिए । तर अहिले निर्देशनालयले मात्रै जिम्मा लिएर ठेकेदार कम्पनीसँग नयाँ सम्झौता गरेको हो ।