Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

चिकित्सक र सुरक्षाकर्मीको टोली जाजरकोट प्रथान


दैलेख  :   जाजरकोटमा गएको भुकम्प परेका पीडितहरुको उद्धारका लागी छिमेकी जिल्ला दैलेख बाट चिकित्सक सुरक्षकर्मी र सासंदहरुको टोली प्रथान गरेको छ । प्रतिनिधिसभाका सदस्य अम्मरबहादुर थापा, पूर्वसांसद रवीन्द्रराज शर्मासहित नेपाली सेना र सशस्त्र र जिल्ला स्वास्थय सेवा कार्यालय बाट चिकित्सक सहितको टोली जाजरकोटतर्फ प्रथान गरेको हो । स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख धर्मराज रेग्मीसहितको डाक्टरको टोली औषधि र एम्बुलेन्स लिएर जाजरकोट हिडेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थीर प्रसाद रेग्मीले डाक्टर धर्मराज रेग्मी सहित तीन जना डाक्टरको टोली भुकम्प प्रभावित क्षेत्रमा हिडेको जानकारी दिए ।
थप उद्धारका लागि नेपाली सेनाको ३१ र सशस्त्र प्रहरी बलका २१ जनाको सुरक्षा टोली पनि जाजरकोट प्रस्थान गरेको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए । त्यस्तै नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, पार्टीको प्रदेश अध्यक्ष गुजावजंग शाहसहितको टोली पनि जाजरकोट प्रस्थान गरेको नेकपा एमाले दैलेखका अध्यक्ष प्रेम बुढाले जानकारी दिए । शुक्रबार राति गएको ६.४ रेक्टरको भूकम्पको ठुलो धक्का दैलेखमा महसुस भएपनि मानवीय क्षति भने नभएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ। भूकम्पमा परी चार वटा घरमा क्षति पुगेको छ भने भागदौडका क्रममा तीन जना घाइते भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घाइतेहुनेहरुमा महावु गाउँपालिका ५ सल्लेरी वर्ष ३३ को मान बहादुर शाही,नारायण नगरपालिका ६ वर्ष ४३ नमराज सुबेदी, नारायण नगरपालिका ३ वस्ने बर्ष ४३ वर्ष प्रजापती धमला रहेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । त्यस्तै दैलेख जिल्लाको गुराँस गाउँपालिका, भगवतीमाई गाउँपालिका बाट चिकित्सक सहितको टोली भुकम्प प्रभावित क्षेत्रमा हिडको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल प्रसाद आर्चायले कति घरमा क्षती भएको भन्ने विवरण आइनसकेको बताउनुभयो । उहाँले प्रत्येक प्रहरी चौकी र इलाका प्रहरी चौकी बाट प्रहरी लाई विभिन्न स्थानमा खटाइएको जानकारी दिए ।