राष्ट्रिय बाणिज्य बैँक बाट नयाँ नोट साट्न सुरु
दैलेख : नेपाल राष्ट्र बैंकले निर्देशन अनुसार राष्ट्रिय बाािण्ज्य बैक दैलेख शाखाले नोट साट्न सुरु गरेको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने प्रबन्ध गरे अनुसार उक्त नोट साट्न सुरु गरेको हो ।
राष्ट्र बैंकले हरेक वर्ष चाडपर्वको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।५, १०, २०, ५० र सय रुपैयाँका नयाँ नोट एक जनालाई १८ हजार ५ सयसम्म सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय दैलेखका शाखा प्रबन्धक कृष्ण प्रसाद उपाध्यायले राष्ट्रबैकको निर्देशन अनुसार प्रतिब्यक्ति १८ हजार रुपिँया सम्म नोट साट्न पाइने ब्यबस्था अनुसार नयाँ नोट साटन सुरु गरेको बताए ।