सरकारी प्रक्रिया प्रति मुख्यमन्त्री शर्माको गुनासो
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पनि सरकारी काम गर्ने प्रक्रियागत असहमति जनाएका छन् । एक दिनमा हुने काम १६ ठाउँमा फाइल घुमाउँदा घुमाउँदै समयको बर्बाद मात्र होइन , कर्णालीका सम्वृद्धि र विकासमा समेत बाधा पुगेको बताएका छन् ।
हरेक मानिसले विकास, सम्वृद्धि भन्दा पनि कसरी अड्को थाप्न सकिन्छ भन्दै बसेको उनले बताए । रुकुम पश्चिममा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री शर्माले देशका नीति निमय कसले बनाउछ भन्दै प्रश्न समेत गरेका थिए । वषौदेखि पुल, सडक निर्माण काम अलपत्र परेका छन् यि किन अलपत्र भए भन्दै भन्दै मुख्यमन्त्री शर्माले यो राज्य चलाउने नियम बनाउने कुरामा बाह्य तत्वको हात रहेको भन्दै आशंका समेत गरे ।
मन्त्रालयको अधिकांश बजेट फ्रिज हुनेमा कर्मचारीको हात बढिरहेको पाइएको मन्त्रीको तर्क छ । जिल्ला कार्यालयसँग मिलेर आवश्यक नभएको ठाउँमा बजेट पठाउने, आवश्यक भएको ठाउँमा पनि आनाकानी हुने गरेको मन्त्रीको तर्क छ । मन्त्रालयमा बसेर राजनीतिक रुपमा फरक मत राखेर काम गर्न उच्च कर्मचारी नेतृत्व लागेको मन्त्रीकै आरोप छ ।