इजरायलमा मृत्यु भएका नेपालीका परिवारलाई जनही दश लाख रुपियाँ दिने
काठमाडौं : इजरायलमा मृत्यु भएका नेपालीका परिवारलाई जनही दश लाख रुपियाँ दिने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ । इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।