करातेमा एरिकाले जितिन् रजत पदक
काठमाडौँ : चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको करातेमा एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन् । ६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि उनी रजतमा रोकिएकी हुन् ।
यसअघि सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई ८(४ ले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् । उनले क्वार्टरफाइनलमा जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । दुवैको समान १(१ अंक भए पनि पहिलो अंक पाएको आधारमा एरिका सेमिफाइनलमा पुगेकी थिइन् । एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक जितेकी हुन् । यसअघि नेपालले कबड्डीमा कास्य पदक जितेको थियो ।
एसियाडकै इतिहासमा भने नेपाललाई उनले करातेमा पहिलो रजत तथा समग्रमा तेस्रो रजत पदक जिताएकी हुन् । नेपालका लागि सन् १९९८ मा बैंककमा भएको १३औं एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत दिलाएकी थिइन् । यस्तै पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा प्याराग्लाइडिङ टिमले रजत पदक जितेको थियो ।