रेडियो उद्धघोषण तथा आधारभुत पत्रकारिता तालीम
दैलेख : रेडियो उद्धघोषण तथा आधारभुत पत्रकारिता तालीम सुरु भएको छ । रेडियो धु्रवतारा सामुदायिक एफ.एम ८९.८ मेगाहर्जको आयोजनामा पाँच दिने रेडियो उद्धघोषण तथा आधारभुत पत्रकारिता तालीम सुरु भएको हो । उक्त तालीमको उद्दघाटन निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइराले गरेका थिए । तालीमको उद्दघाटन गर्दै पत्रकारिताले सुशासन र भ्रष्टाचार रोकथाममा महत्वपुर्ण भुमिका खेलेको बताए । उनले पत्रकारिता समाजको ऐना भएकाले समाजमा हुने जुनसकुै घटनाको सत्यतथ्य बाहिर ल्याउनु पर्ने बताए । संचारकर्मी र संचारक्षेत्र बाट प्रकाशन तथा प्रशारण भएको समाचारलाई नागरिकले बिश्वास गर्ने भएको हुँदा नागरिकको विश्वासलाई कहिले मर्न नदिने गरी काम गर्न संचारक्षेत्रलाई निमित्त प्रजिअले आग्रह गरे ।
तालीम उद्धघाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य नबिन रिजालले सामाजिक सञ्जालमा आउने तथ्यहीन र भ्रमका सन्देशहरुले समाजलाई उत्तेजक बनाउने गरेको उल्लेख गर्दै मिडियाहरुले सकारात्मक र सन्तुलित रुपमा सूचना सामग्री प्रवाह गर्नुपर्ने बताए । उनले पत्रकारले कसैको डर त्रास नमानेर वास्तबिक कुराहरु बाहीर ल्याउनु पर्ने बताए ।
रेडियो ध्रुवतारा सञ्चालक समितिका अध्यक्ष नन्दकिशोर बस्नेतको अध्यक्षतामा भएको उद्घोण तथा आधारभूत पत्रकारिता तालिम शुभारम्भ कार्यक्रममा पूर्व जिविस सभापति टेकबहादुर खाँण, दैलेख उद्योग बाणिज्य संघका महासचिव प्रकाश पौडेल, रेडियोका लेखा समिति संयोजक राधा मल्ल र स्टेशन मेनेजर बिष्णु शर्माले पत्रकारितालाई मर्यादित भएको बताउँदै पत्रकारले मर्यादित पत्रकारिता गर्नु पर्ने बताएका थिए ।