पेट्रोलियम पदार्थ अन्वेषण,जग्गाको मुआब्जा विवाद सुल्झीयो
दैलेख : पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा अधिकरणका लागी जग्गाको मुअब्जा बिबाद समाधान भएको छ । दैलेखको भैरवी गाउँपालिका –१ जलजलामा पेट्रोलिय पदार्थको अन्बेणका लागी लागी जग्गा खरिद प्रक्रिया उपयुक्त मुअब्जा नदिएको भन्दै स्थानीयले बिरोध गरेपनि जिल्लाका राजनितिक दल, नागरिक समाज,स्थानीय तहका जनप्रतिनिधिको पहलमा मुअब्जा बिबाद समाधान भएको हो ।
दैलेख जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले सबै दल र स्थानीय तहका जनप्रतिनिधिको पहलमा मुअब्जामा देखिएको बिबाद समाधान भएको बताए । उनले राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा साना कुरामा बिबाद नगर्ने जग्गाधनी बिच सहमती भएपछि बिबाद समाधान भएको बताए । स्थानीयले उचित (मुआब्जा) पाउनुपर्ने भन्दै आउनुभएको थियो, सरकारले प्रति रोपनी जग्गाको १ लाख ७५ हजार रुपैयाँ (मुआब्जा) दिने निर्णय गरेको थियो, प्रभावित क्षेत्रका नागरिक र सर्वदलीय बैठक पछि जग्गाधनी मुअब्जा माग्न आउने थालेपछि मुअब्जा बिवाद समाधान भएको निमित्त प्रमुख जिल्ला अधिकारी कोइरालाको भनाईछ । मुअब्जा भित्र पर्ने २७ जग्गा धनी मध्ये पाँच रोपनी जग्गा भएका बिर्ख बहादुर थापाले मुअब्जाका लागी जिल्ला प्रशासनमा निबेदन दिएको बताइएको छ ।
पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङका लागि नेपाल सरकार मन्त्रिपरिषद्को गत माघ २३ को निर्णय अनुसार जग्गा प्राप्ति गर्ने ऐन, २०३४ को दफा ३ बमोजिम जग्गा प्राप्तीका लागी मुअब्जा निर्धारण समितिले गरेको निर्णय अनुसार प्रति रोपनी एक लाख ७५ हजार मुअब्जा पाउने निर्णय भएको थियो । यस्तै मुख्य ड्रिलिङका लागी आवश्यक पर्ने उपकरण ल्याउन सडक स्तरउन्नतीको काम पनि अगाडी बढाइएको सडक डिभिजन सुर्खेतले जानकारी दिएको छ
सडक डिभिजन सुर्खेतका सुचना अधिकारी टोपनारायण पौड्यालले सुर्खेतको बीरेन्द्रनगर १ बाँगेसिमल देखी दैलेखको सांघेतडा सम्मका मोडहरु मिलाउने र सडक स्तरउन्नतीका लागी ठेक्का लागिसकेको बताए । उनले सडक स्तरउन्नतीका लागी ४ करोड ३६ लाखमा गंगमाला बडिमालीका एमएम जेभिलेले निर्माण सम्झौता गरेको बताए । उनले उक्त काम ६ महिना भित्र सम्पन्न गर्न ठेकेदारलाई निर्देशन समेत दिएको बताए । सडकका मोडहरु निर्माण र स्तरउन्नतीका लागी आवश्यक पर्ने उपकरण र आवश्यक पर्ने सामाग्री ठेकेद्धारले साइडमा फालिसकेको सुचना अधिकारी पौड्यालले बताए ।
खानी तथा भुगर्भ बिभागका भुगर्भबिद डा गणेशनाथ त्रिपाठीले जग्गाको मुअब्जा बिबाद समाधा भएर सबैले मुअब्जा बुझेको खण्डमा अन्य कामहरु अगाडी बढ्ने बताए । उनले मुअब्जा वितरणका काम सम्पन्न हुनु बित्तिकै अन्य तयारीका कामहरु अगाडी बढ्ने र त्यसका लागी दुई जना चिनिया प्राविधिक समेत आइसकेको बताए । दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणको काम २०७६ असोजदेखि सुरु गरिएको थियो ।
पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी ४ वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको छ । नेपालको संविधान २०७२ जारी भएपछि भारतले नाकाबन्दी गरेको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहदा दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने सहमति चीनसँग सहमति भएको थियो । दैलेखको श्रीस्थान, नाभीस्थान, पादुका, तल्लो डुंगेश्वरलगायतका क्षेत्रहरूलाई आधार मानी चीनको पेट्रोलियम पदार्थ तथा अन्वेषण टोलीले पहिलो चरणको काम गरेको थियो ।