Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सरकारले सुशासनलाई प्रथामिकतामा राखेर काम गरिरहेको छ : खड्का

सुर्खेत  :   जनतालाई प्रत्यक्ष विकास अनुभूत हुनेगरी सरकारले सुशासनको मार्गचित्र कोर्ने तयारीमा लागिरहेको कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले बताएका छन्। सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै रक्षामन्त्रीसमेत रहनु भएका खड्काले सुशासनको विषयमा जोडिएको कार्यक्रमै सरकारले ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको बताउँदै कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयहरूमा अभियानका रूपमै सञ्चालन गर्न लागेको उनको भनाई छ । जनतासँग जोडिएका विषयमा सहजता प्रदान गर्ने सरकारको ध्यान रहेकाले कानुनहरू जुन रफ्तारमा बनाउनुपर्ने थियो त्यो हुन नसक्दा समस्या भएकाले अब सरकार आवश्यक कानुनहरू बनाउने तयारीमा लागिरहेको पनि उहाँले उल्लेख गरे ।

 

खड्काले सुर्खेत विमानस्थलको धावन मार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको पनि जानकारी दिए । विमानस्थलको उत्तरतर्फ विस्तार गर्ने कुरामा समस्या नभएको तर दीर्घकालीन विमानस्थलका रूपमा यो विमानस्थलले धान्न नसक्ने भएकाले बैकल्पिक विमानस्थल पनि निर्माण आवश्उयक रहेको उल्लेख गरे । कर्णालीका सबै सांसदको एउटै सङ्कल्प भनेकै कर्णालीको विकास र परिवर्तन रहेको उनको भनाई छ । तुलनात्मक रूपमा कर्णालीलाई अरू प्रदेश सरह बनाउन सबैले हातेमालो गर्न जरुरी रहेको उनले उल्लेख गरे ।