अनेरास्ववियु दैलेखको अध्यक्षमा झलक खड्का
दैलेख : नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दैलेखको अध्यक्षमा झलक खड्का चयन भएका छन्। शुक्रबार भएको अनेरास्ववियुको १३ औ जिल्ला अधिवेशनले खड्का सर्बसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा मनोज गुरुङ र शुन्दर शाही, सचिवमा पार्वती थापा सर्वसम्मत चयन भएका छन्। यस्तै, सह–सचिवमा यामलाल न्यौपाने, हरि शाही, खगेन्द्र शाही र कोषध्यक्षमा रोशन थापा सर्वसम्मत निर्वाचित भएका छन्। साथै २३ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ।