Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

चट्याङमा परी एकको मृत्यु, नौ घाइते


दैलेख  :   चट्याङमा परेर नौ जना घाइते र एक जनाको मृत्यु भएको छ । दैलेख जिल्लाको महावु गाउँपालिका –३ बासी रिठ्ठामा परेको चट्याङमा परी नौ जना घाइते र एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल दैलेखमो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपक सिह बिष्टले चट्याङ लागेर १६ वर्षिय किशोर दहालको मृत्यु भएको जानकारी दिए । उनका अनुसार महावु गाउँपालिका–३ का ५५ को लाल बहादुर बिष्ट, वर्ष ३२ को नगेन्द्र बहादुर बिष्ट, १२ वर्षिय आसिस बिष्ट,वर्ष १३ को सन्दिप बुढा, वर्ष १७ को भरत नेपाली ,वर्ष १६ को हर्क नेपाली,वर्ष नौ को रक्षा बिष्ट, वर्ष १३को अभिषेक नेपाली,वर्ष १०को मनिषा बिष्ट घाइते रहेको र उहाँको हरुको अवस्था गम्भिर रहेकोछ । महावु गाउँपालिका –३ बासीमा तीजको मेला हेरेर फर्कने क्रममा सल्लाको रखमा परेको चट्याङ लागेर घाइते भएको बताइएको छ ।
महावु गाउँपालिका –३ का वडाध्यक्ष कृष्ण कुमार दहालले दिएको जानकारी अनुसार आठ जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको र ५२ वर्षिय लाल बहादुर बिष्टको थप उपचारका लागी प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको जानकारी दिए ।