जनै पूर्णिमा पर्व देशभर मनाइँदै
दैलेख : हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर विभिन्न रिति रिवाज अनुसार मनाइँदै छ। वैदिक सनातन धर्म अनुसार पूर्णिमा दिन बिहानै धर्मावलम्बीले नदी, ताल, पोखरीमा गई स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र ९डोरो० बाँध्दछन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्र गरिएको डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
यहि दिन ब्राम्हण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेर्ने गर्दछन्।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ।