अधिकाँस कर्मचारी कार्यलय समयमै नपुग्ने समस्या
सुर्खेत : कर्णाली प्रदेशमा रहेको मन्त्रालयमानै कर्मचारी समयमै उपस्थित नुहने गरेको पाइएको छ । मंगलबार कर्णाली प्रदेशसभा अन्तर्गतको प्रदेश मामिला समितिले मन्त्रालयमा गरेको छड्के अनुगमनमा अधिकांश कर्मचारीहरु समयमै कार्यालय नपुग्ने गरेको पाइएको हो ।
समितिकी सभापती प्रदेशसभा सदस्य कल्याणी खड्काको नेतृत्वमा भएको छड्के अनुगमनमा कार्यालयमा कार्यरत २६ जना कर्मचारीमा दर्जन बढी कर्मचारीहरु कार्यालय समयभन्दा ढिला पुगेका थिए । अनुगमनका क्रममा बोल्दै समितिकी सभापति खड्काले मन्त्रालयमा कार्यरत कर्मचारीहरु समय पालक भएर सेवाप्रवाहमा जुट्नुपर्ने बताईन । कर्मचारीको संख्या थोरै हुनु त्यसमा पनि समयको ख्याल नगर्नाले सेवाप्रवाहमा समस्या हुने उनको भनाई छ ।
खड्काले मन्त्रालयका सचिव धुव्र घिमिरेलाई नीति निर्माणमा महत्वपूर्ण मानिएको मन्त्रालयमा कर्मचारीको लापरवाहीले सेवाग्राहीमा नराम्रो सन्देश जाने भन्दै व्यवस्थित भएर कार्यालय चलाउन निर्देश दिएकी थिइन् । समितिका सदस्य रनसिंह परियारले राज्यको स्थायी सरकार मानिने कर्मचारी संयत्र व्यवस्थित र जिम्मेवार भएर चल्नुपर्ने बताए ।
राज्यलाई आवश्यक पर्ने नीति कार्यान्वयनमा कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै सेवा प्रवाहका क्रममा आइपर्ने व्यवधान समधानमा समिति र संसद कर्मचारीको साथमा रहेको परियारले बताए । यस्तै अर्का सदस्य महेन्द्र केशीले राज्यमा राजनीतिक र प्रशासनिक संयत्रहरु नागरिकप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै यो वा त्यो बहानामा सेवाग्राहीले समस्या भोग्न नहुने बताए ।साभार नेपालीरैवार