Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

रोकिएनन् महिला हिंसाका घटना


कमल शर्मा
दैलेख :   ५० वर्षीय आफ्नै बुबाले पटक–पटक बलात्कार गरेको भन्दै गत चैत २१ गते १७ वर्षिया किशोरीले जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता गरिन । उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले बलात्कार आरोपमा बुवालाई पक्राउ ग¥यो ।

प्रहरीको अनुसन्धान गरी जिल्ला अदालत दैलेखमा मुद्दा दर्ता भए सँगै जिल्ला अदालत दैलेखले आफ्नै छोरी बलात्कार गरेको कसुरमा ३३ वर्ष कैद सजायको फैसला ग¥यो । जिल्ला न्यायधिस बलराम लम्सालको इजलास बाट बलात्कार गरेको पुष्टि भएपछि हाडनातामा २५ वर्ष र पीडितको उमेर अनुसार हुने बलात्कार सजाय ८ वर्ष थपेर कसुरदारलाई ३३ वर्ष कैद गरेको थियो ।

त्यस्तै होटेलमा सरसफाइ र खाना पकाउने कामका लागी भनी राखेकी महिलालाई नौ जना सँग यौन सम्बन्ध राख्न लगाएको भन्दै २७ वर्षिया पीडित महिलाले गत कात्तिक १२ गते जिल्ला प्रहरी दैलेखमा उजुरी दिइन प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले २०७८ मङ्सिर ७ गते जिल्ला अदालत दैलेखमा अभियोग दर्ता ग¥यो ।

सरकारी वकिल कार्यालयले अदालतमा पेस गरेको अभियोग पत्रका आधारमा जिल्ला अदालत दैलेखले होटेलमा काम गर्न राखेकी महिलालाई वेश्यावृत्ति गराएको कसुरमा अक्षामको पञ्चदेवल नगरपालिका –९ घर भई दैलेखको आठबिस नगरपालिका –६ खिड्कीजिउलामा होटेल व्यवसाय गर्दै आएकी ३० वर्षिया शोभा रोका मगर(बोहरा)लाई १७ वर्ष कैद फैसला सुनाएको थियो ।

माथीका केही उदाहरण हुन । दैलेख जिल्लामा महिला तथा बालबालीका माथी हुने हिंसामा बर्षे बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल आर्चायले महिला तथा बालबालिका माथि हुने हिंसा बर्सेनि बढ्दो क्रममा रहेको जानकारी दिए । उनले मानव बेचबिखन तथा ओसार–पसार,बहु विवाह,बाल विवाह,जबरजस्ती करणी,बाल यौन दुराचार,बोक्सीको आरोप,जबरजस्ती करणी उद्योगका घटनामा वृद्धि भइरहेको जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार १३ वर्षको अवधिमा मानव बेचबिखनका उजुरी सात वटा,बहुविवाहका उजुरी एक सय १२ वटा,बालविवाहका उजुरी ३० वटा,जबरजस्ती करणी १२८ वटा,जबरजस्ती करणी उद्योगमा ३८ वटा,बालयौन दुराचार आठ वटा,यौन दुब्र्यबहारमा १ वटा,बोक्सीको आरोपमा तीन वटा गरी तीन सय २७ वटा उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

हिंसा न्यूनीकरणका लागी सरकारी तथा गैर सरकारी निकाय बाट रोकथामका प्रयासहरू भए पनि महिला माथि हुने हिंसामा कमी आउन नसकेको महिला अधिकारकर्मी सुनिता चन्दले बताइन । उनले पहिला पनि हुने गरेको र सामाजिक डरले खुल्न नसक्ने भएका कारण प्रहरी सम्म उजुरी नपर्ने गरेको भए पनि पछिल्लो समय प्रविधिको विकास र सचेतना सँगै प्रहरीमा उजुरी आउने गरेको बताइन । उनले भनिन महिला माथि हुने हिंसा विरुद्धका अभियान अभियानमा मात्र सिमित नभई निरन्तर खबरदारी गरेको खण्डमा महिला माथि हुने हिंसामा कमी आउछन ।