Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

एम्बुलेन्स खरिदका लागि धार्मिक महोत्सव


दैलेख  :   एम्बुलेन्स खरिदका लागि दैलेखको गुराँस गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले धार्मिक महोत्सव शुरू गरेको छ । सुर्खेत र दैलेखको सिमाना पर्ने गुराँस गाउँपालिका–८, धरमपोखरा एम्बुलेन्स खरिदका लागि पुरूषोत्तम महात्म्य, शिव श्रावण महिमा, धर्म जागरण महामहोत्सवको आयोजना गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले एम्बुलेन्स खरिदमा पालिकाकोतर्फबाट पनि सहयोग गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले गुराँसका जनताको सेवाको लागि दानबाट उठेको रकम एम्बुलेन्स ल्याउने उद्देश्य राखेर पवित्र कार्यका लागि वडा कार्यालयलाइ धन्यवाद दिए ।

एम्बुलेन्स खरिद र मन्दिर निर्माणको लागि आयोजना गरिएको यस महामहोत्सवले सकरात्मक सन्देश प्रवाह गरेको ८ नम्बर वडाध्यक्ष दीपेन्द्र वलीले जानकारी दिए । गुराँसवासीलाई तत्काल अस्पताल लिनुपरेमा वडासँग एम्बुलेन्स नभएकाले पुण्य कामबाट उठेको दानलाई संकलन गरि एम्बुलेसन्स संचालनमा ल्याउने वडाध्यक्ष वली बताए ।