Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

एक वर्षमा ५१ नाल भरुवा बन्दुकसहित २२ जना पक्राउ

सुर्खेत  :  प्रदेशमा एक आर्थिक  वर्षको अवधिमा प्रहरीले ५१ नाल भरुवा बन्दक बरामद गरेको छ । विभिन्न जिल्लाबाट प्रहरीले भरुवा बन्दुक तथा अन्य विभिन्न बिष्फोटक पदार्थसहित २२ जनालाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

आर्थिक वर्ष २०७९०८० मा पेस्तोल, ब्यारल दुई(दुई थान, एअर गन, ग्रिनेड, सकेट बम एक(एक थान बरामद गरेको कार्यालयका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उनकाअनुसार पेस्तोलको गोली पाँच राउण्ड र बारुद २४९ ग्रामसमेत प्रहरीले बरामद गरेको छ । यस्तै, बिजुलीको तार आठ थान, ब्याट्री, सकेटसहितको पाईप र खाली पाईप थान दुई–दुई थान बरामद गरेको छ ।