Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

समाज रुपान्तरणमा सञ्चारको महत्वपुर्ण भूमिका : मन्त्री बिसी


दैलेख  :   कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले सबै किसिमका निरंकुशता र प्रतिगमन बिरुद्ध रेडियोको महत्वपुर्ण भुमिका रहेको बताएका छन । रेडियो मातृभूमि एफ एम ९६.५ मेगाहर्ज दैलेखको प्रथम वार्षिकोत्सवको अवसरामा आयोेजना गरेको साप्ताब्यापी कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मुलुकमा भएका सबै परिवर्तनमा सञ्चार माध्यमको महत्वपुर्ण भूमिका रहेको बताए ।उनले सञ्चार क्षेत्रले नागरिकलाई सुशुचित गर्न र न्याय र सत्यताको पक्षमा उभिएर स्वयमसेवी काम गर्दै आएको भएपनि पत्रकारितामा आत्मसमिक्षा र निश्पक्षताको अभास दिलाउनु संञ्चार क्षेत्रको दायित्व रहेको बताए ।

समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महांसंघका केन्द्रिय सदस्य नबिन रिजालले अघोषित रुपमा चौथो अंग भन्ने गरे पनि राज्यले मिडियालाई सधैं पूर्वाग्रह र असहयोगी व्यवहार देखाइरहेको टिप्पणी गरे । उनले सञ्चार माध्यमको सवलीकरणका लागी तीन तहका सरकारले सहयोग गर्नु पर्ने बताए ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाले पत्रकारहरुप्रति मात्र औंला उठाउने गरिएको भन्दै कर्मचारीतन्त्र, राजनीतिक नेतृत्वको खराबी र बिकृति पत्रकारितामा पनि पसेकोले सबैतिर शुद्धिकरणको जरुरी रहेको बताए ।
सप्ताहको पहिलो दिन श्रावण १५ गते दैलेख अस्पतालमा फलफूल बितरण, श्रावण १६ गते सरस्वती माबि तर्ताङमा बृक्षा रोपण, श्रावण १७ गते बसन्तमाला बेद बिध्याआश्रममा कपडा बितरण गरिएको थियो । यस्तै श्रावण १८ गते बेलासपुर मन्दिर परिसरमा सरसफाइ, श्रावण १९ गते रेडियोमा अन्तरक्रिया, श्रावण २० गते सरस्वती वृद्ध आश्रममा फलफुल बितरण समेत गरिएको थियो ।