Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

चार सय ४० पशुपालक कृषकले पाए गोठालो भत्ता

सुर्खेत  :  कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९र०८० मा ४४० जना पशुपालन कृषकलाई ुगोठालो भत्ताु वितरण गरेको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय अन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा उक्त सङ्ख्यामा कृषकलाई भत्ता वितरण गरिएको हो ।

निर्देशनालयका निर्देशक कृष्ण प्रसाद पङ्गेनीका अनुसार गत आवमा हुम्ला, मुगु, जुम्ला र डोल्पामा कार्यक्रम लागु भएको तियो ‌। चार सय ४० कृषक तथा गोठालोलाई ६८ लाख ७३ हजार वितरण गरिएको छ । जस‌‌अन्तर्गत जुम्लाका २२५ कृषकलाई ३३ लाख वितरण गरिएको छ भने मुगुमा ५३ कृषकलाई १० लाख ५० हजार वितरण गरिएको छ।

यस्तै डोल्पामा ५३ कृषकलाई ९ लाख ५४ हजार र‌ हुम्लाका १०९ कृषकलाई १५ लाख ६९ हजार रकम वितरण गरिएको छ । कृषकलाई व्यावसायिक रूपमा पशुपालनतर्फ अग्रसर गराउनमा लागि ुगोठालो भत्ताु कार्यक्रम ल्याएको थियो । कृषि क्षेत्रमा आकर्षण बढाउन र कृषकको जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यसहित उक्त कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष ०७८र०७९ देखि लागु‌ भएको यो कार्यक्रम प्रदेशका १० वटै जिल्लामा लागु गर्ने भनिए पनि गत आवमा साबिक कर्णालीका चार वटा जिल्लाहरूमा मात्र दिइएको छ।