Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न एमालेको माग

काठमाडौँ  :  नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रकरणको जरोसम्म छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेल संसद् चल्न नसक्ने बताएका हुन् ।
ुगृहमन्त्री, प्रधानमन्त्री र अर्थमन्त्रीहरूको सेटिङबिना यस्तो सम्भव छैन,ु गिरीले भने, यसपटकमा जरासम्म गएर छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्छ । त्यसलाई सभामुखले रुलिङ गर्नुपर्छ । उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेल संसद् चल्न सक्दैन ।

 

उनले पटक–पटक गरी चैत १० गते कम्पनी दर्ता गरेयता ३३ पटक सुन ल्याएको देखिएको भन्दै यस्तो काण्ड हुँदा पनि थाहा नपाउने गृहमन्त्रीले पदमा बस्ने नौतिक आधार नभएको बताए । उनले सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र उनको छोराको संलग्नताबारे पनि बोलेका थिए ।